बालकृष्ण खनालखेदाउँ ब्वाँसाहरू
ब्वाँसाको पछिलाग्न छोड अबता, भेडा र बाख्राहरू। सेवा गर्न हुँदैन यी कुकुरको, सीमा कटायो बरू।। नाता लाउछ ऊ फकाइ पसुको, आफन्त जस्तो बनी। देला दु:ख सधै बिना कसुरको, राजा रजौटो बनी।।

बालकृष्ण खनाल :
गर्छन् शिद्ध बनेर भाषण मिठा कुर्लेर ब्वाँसाहरू।
सुन्छन् भाषण ध्यानले मुलुकका, भेडा र बाख्राहरू।।
अर्को छैन उपाय यो मुलुकमा, भेडाहरूको बरा।
झोला बोक्न तयार छन् पसुहरू, ब्वाँसाहरूको सदा।।
बेचिन्छन् बनसम्पदा समरका, बाँझो छ सारा धरा।
हाम्रो राष्ट उजाड यो किन भयो, भन्छन् यिनै नक्चरा।।
दिन्छन् दोष पराइको अझ यिनै, लाजै पचाईकन।
कस्को दोष रहेछ एकिन गरी, भेडाहरू लौ भन।।
ब्वाँसाको पछिलाग्न छोड अब ता, भेडा र बाख्राहरू।
सेवा गर्न हुँदैन यी कुकुरको, सीमा कटायो बरू।।
नाता लाउछ ऊ फकाइ पसुको, आफन्त जस्तो बनी।
देला दु:ख सधै बिना कसुरको, राजा रजौटो बनी।।
गर्ला प्यार गरे समान पसुको, तिम्रो म रक्षक् भनी।
राक्षस्ले जसरी थुनेर पसुको, खानेछ भक्षक बनी।।
सुध्रीएँ भनि जो नगर्नु भरसा , ब्वाँसाहरूको कबै।
राता हुन् कि निला जनावरहरू, उस्तै त हुन् यी सबै।।
दुष्टै होस बगालको पसु चुनौँ, नेत्रृत्व आफ्नो अझै
ब्वाँसाले पसुको कदापि थलमा गर्दैन माया कबै।।
पाएसम्म चपाउला समरका, बाख्रा र भेडाहरू।
आफ्नो जात समानका पसुहरू, मान्दैन कोही अरू।।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































