साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरियो विश्वास

बिहानको पहिलो किरण झ्याल हुँदै तुलसीको मठमा पस्यो । बृन्दाले लजाउँदै जल चढाइन्, ओठमा बिनाशब्द प्रार्थना गुञ्जियो- “आजदेखि म फुल होइन, सुगन्ध बन्नेछु ।”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“के भो बृन्दा, तिमी त बिहानैदेखि उदास देखिन्छ्यौ ?” आँगनको तुलसी मठ छेउबाट अनायासै आवाज आयो ।

बृन्दाले नजर उठाइन्- उचित स्याहार नपाएर ओइलिएको तुलसीका पातहरू उनलाई आफ्नै मनको प्रतिरूप लागे । घरमा विवाहको तयारी, ढोलको ट्याँ ट्याँ, दीपबत्तीको उज्यालो, तर उनको मन शून्य थियो ।

“देवीम‌ैया मसँग बोल्न छोड्नुभयो,” उनले तुलसीलाई हेरिन् । तुलसीको पात हल्लियो र स्वर आयो- “म बोल्दिनँ भन्ने होइन, तिमीहरूले सुन्न छोड्यौ । विश्वास सुकेपछि हरियाली कहाँ टिक्छ र, बृन्दा ?”

क्षणभर उनले मौनतामा आफैंलाई खोजिन् । हिजोको आफ्नो बिझाउने अहङ्कार र आजको भिजेको मनबीच द्वन्द्व चल्यो । बाहिर देखावटी हर्षोल्लास, भित्र आत्मग्लानि अझै कायम थियो ।

बिहानको पहिलो किरण झ्याल हुँदै तुलसीको मठमा पस्यो । बृन्दाले लजाउँदै जल चढाइन्, ओठमा बिनाशब्द प्रार्थना गुञ्जियो- “आजदेखि म फुल होइन, सुगन्ध बन्नेछु ।”

हावाले पातहरू हल्लायो, तुलसी मुस्कुरायो ।
आँगनको निस्तब्धता हरायो, बृन्दाको आँखामा शान्त उज्यालो फैलियो ।

बृन्दाको मुखबाट फुत्कियो, “अचम्म ! म जल चढाउन आएकी थिएँ, विश्वास त मभित्रै फुल्यो ।”

०००
२०८२ कार्तिक १५ गते ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x