साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बितायो यस ग्रीन टीले

बिस्कुट सबैलाई डुबायो हरे ! यो ग्रीन टी को बेस्वादले जिब्रो मनैभित्र चिच्यायो— -ग्रीन टीले जित्यो सजिलै आज जंग यो बाक्लो मीठो चियालाई चौबाटो मै पार्‍यो नांगो सर्वांग बेढंग।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

स्वास्नीले एकाबिहानै
घोषित गरिन् प्रतिबन्ध,
हाँस्दै मन्द मन्द-
आज देखि मीठो चिया पूरै बन्द।

म त परें छक्क- अक्क न बक्क !
हेर्न थालें उनको मुहार टक्क।
मीठो दुधको चिया खान नपाउने भई….
मसँगै ग्लास पनि भयो उदास
उता शुरु भयो प्राण प्यारीको क्लास

गनाउन थालिन् ग्रीन टी को
के कति छन् फाइदै फाइदा
एक एक ल टिप्नुस् बाकाइदा।

पहिलो फाइदा जोगियो चिनी
ल्याउनु परेन किलो- किलो किनी।
घातक रोग मधुमेह पनि भाग्छ,
बिस्कुट पनि कच्याककुचुक
चियामा चोप्न नपाएर आँसु चुहाउँदै
आफ्नै बाटो लाग्छ।

अब गाई भैंसीको पनि के काम
दूधले पनि पाउने भयो आराम।
चिया पटक पटक थप्नु पर्ने
कामले पनि पायो विश्राम।

एकै चोटीमा दूध चिनी
बिस्कुट सबैलाई डुबायो
हरे ! यो ग्रीन टी को बेस्वादले
जिब्रो मनैभित्र चिच्यायो—
-ग्रीन टीले जित्यो
सजिलै आज जंग
यो बाक्लो मीठो चियालाई
चौबाटो मै पार्‍यो
नांगो सर्वांग बेढंग।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x