साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबा-आमा

जानै पर्छ र, तीर्थ सजाई ? पुज्न सकेमा, मातालाई मिल्दछ आसिक, धेर धरामा हुन् प्रिय ईश्वर, बाबु र आमा ।

Nepal Telecom ad

विदुर अधिकारी :

खेत गरामा होस् हरियाली
सन्ततिले सुख देखून् खालि
भन्छिन् कसले निशिदिन जान
आमा नै हुन् पालक मान ।

(१)
मेरा सन्तति हून्, बलशाली
सृष्टि जगत्मा पाऊन् ताली
आफैँलाई उछिनी जाओस्
भन्छ्न् बाबा, नाम कमाओस् ।

(२)
भव्य रमून् यो दिव्य धरामा
सौम्य जमून् सद्भाव पलामा
भन्छिन् कसले सन्ततिलाई
आमा राख्छिन् स्वप्न सजाई ।

(३)
अतिशय खप्दै, घाम र पानी
त्यो दिलमा रति, कष्ट नमानी
अर्पे जीवन कसले जान
बाबा नै हुन् दिव्य निसान ।

(४)
जानै पर्छ र, तीर्थ सजाई ?
पुज्न सकेमा, मातालाई
मिल्दछ आसिक, धेर धरामा
हुन् प्रिय ईश्वर, बाबु र आमा ।
(५)

०००
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x