कृष्ण शर्मा सुमुभाषण पछि …
ताली बजाउने कोही थिएन । त्यही छाता ओडेको एक जाना मान्छेले मात्रै पूरा भाषण सुनेको देखेर नेता निकै भावुक भयो ।

कृष्ण शर्मा सुमु :
भाषण वा कसैले दिएको अर्ती कसैलाई सुन्नु खासै मन चै पर्दैन ।
नेताले जोड जोडले भाषण दिँदै थियो । भाषण अनि आश्वासनले थाकेका जनता उसको कुरा सुन्ने त्यहाँ कोही थिएन ।
एक जाना मात्रै छाता ओडेर ध्यानपर्वक भाषण सुन्दै थियो ।
नेताको भाषण ः- हामीले अब शिक्षामा जोड दिनु पर्छ । शिक्षाको कारण नै हामी पछि भएका हौँ । सरकारी स्कुलमा शिक्षकको कमी छ । अब हाम्रो आन्दोलन बेरोजगारीलाई नोकरी दिनु हो ।
हस्पिटलको अवस्था हेर्नू उस्तै छ, अब तपाईं नै सोच्नुहोस् सरकारी हस्पिटलमा अवस्था उस्तै छ । भुँडी दुख्दा पनि त्यही पहेँलो टेबलेट ज्वरो आउँदा पनि त्यही टेबलेट । अब स्लाइन पानी सरकारी रेटमा २० रुपियाँ छ तर प्राइभेटमा जानू भए त्यसको दाम नै सय रुपियाँ तिर्नु पर्छ । हामी यहाँ सधै ठगिनु पुगेको छौं ।
न्यायमाथि पनि हाम्रो विश्वास उठेको छ । प्रत्येक ठाउँमा घुस खाने भरेको छ । सानो काम गर्नु ब्लक अफिसमा जाँदा पनि घुस बिना काम हुँदैन । पुलिसले बाटो भरि घुस नै खान्छ । क्षेत्र अब घुसखोर भएको छ ।
तपाईंहरू सहयोग गरिदिनु होस्, मलाई जिताउनु होस् म आन्दोलन गर्नेछु । तपाईंहरूको सहयोग नै मेरो शक्ति हो, भन्दै आज मेरो वचन यही समाप्त गर्दछु ।
ताली बजाउने कोही थिएन । त्यही छाता ओडेको एक जाना मान्छेले मात्रै पूरा भाषण सुनेको देखेर नेता निकै भावुक भयो ।
दाजु तपाईंले मात्रै भाषण सुन्नु भयो त किन हो ?
नेताज्यू म पनि भाषण सुन्नु चैं आएको होइन, तर माइक र यहाँ राखेको टेबल चियर मेरो हो, तपाईं छिटो छिटो भाषण सक्नु होस् अर्को ठाउँमा पनि यही समान लानु छ । उता रकम धेरै दिएको छ भन्दै रिसायो ।
०००
सिलीगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest






































