रोशन आपगाईंखुसीले सुसाउनु पर्छ अब गण्डकी र कर्णाली
फेरि पनि निरंकुशताको शिर उठाउन सक्छन् अपराधीलाई जेल, नेलबाट छुटाउन सक्छन् दाजुभाइलाई फुटाउन, कुटाउन अनि टुटाउन सक्छन् ।

रोशन आपगाईं :
ताजै छ अझै अम्रिसो र अलैंचीका पातमा रगतको टाटो
फेरिएन अझै जनताको दुःख पीर, फेरिएनन् बाटो-घाटो
गरीब निमुखाका आङमा अझै एकसरो कपडा परेको छैन
विकास र समृद्धिका पाईला अझै पनि कणर्ाली तरेको छैन
बाँसघारी र ढुङ्गामा खोपिएका क्रान्तिका गीतहरू अझै मेटिएका छैनन्
वेपत्ता पारिएका सास र परिवारका सुन्दर आशहरू अझै भेटिएका छैनन्
फेरियो होला व्यवस्था, फेरिए होलान् संविधानका धाराहरू
फेरिएन अवस्था, फेरिएनन् शोषक सामन्ती जनतामाराहरू
गास वास कपास
नारा उड्यो सङ्ग सङ्गै वतास
बाटो विराए ती क्रान्तिकारीले, भुलिए आज पैसाको नोटमा
पलाउने भएन खुशी कहिल्यै पनि सर्वहारा जनताको ओठमा
गरिवीले हृदय छामिसक्यो
विवशताले जीबन डामिसक्यो
जनताको काँधमा राखेर नाङ्गो तरवार
छिर्न लाग्या छन् रे फेरि पनि सिंहदरबार
फेरि पनि निरंकुशताको शिर उठाउन सक्छन्
अपराधीलाई जेल, नेलबाट छुटाउन सक्छन्
दाजुभाइलाई फुटाउन, कुटाउन अनि टुटाउन सक्छन्
छोरीचेलीको ईज्जत, अस्मिता अनि चरित्र लुटाउन सक्छन्
अब फेरि सबै एकजुट हुनैपर्छ
सफलताले शिखर छुनैपर्छ
दरिद्रताको प्वाँख झर्नैपर्छ
अब त दुःख-कष्टको हरण गर्नैपर्छ
भ्रष्ट, शोषक, दलाललाई झ्यालखानामा थुन्नुपर्छ
विकास र समृद्धिका तानावाना अब सबै मिली बुन्नुपर्छ
अब फेरि खुकुरीको दाप भिर्ने वेला आएको छ
शहीदका वलिदानीको गुन तिर्ने वेला आएको छ
कोसी, गण्डकी, कणर्ाली अब खुसीले सुसाउनुपर्छ
शान्ति, सम्वृद्धि अनि न्यायको बिजन टुसाउनुपर्छ
कोइली, न्याउली अनी गाइनेले पनि हर्षका गीत गाउनुपर्छ
सर्बहारा जनताले अब त आफ्नो हक अधिकार पाउनुपर्छ ।
०००
जापान
Subscribe
Login
0 Comments
Oldest







































