साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ३२)

दिन्छन् आशिष् सुधाझैँ मन बल बटुली उड्छ टन्टा बढारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

उम्दा छन् वृद्धवृद्धासित कृत युगका सोध उत्कृष्ट छान ।
मर्नेछन् योग्य मानी सरल विधि चुनी गर्दछन् नित्य दान ।।
डस्ने सन्ताप भाग्छन् निज पद पथमा टेक्न सक्दा बिचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५६।।

पुग्छन् उल्टा कुवामा घर सब सकिँदा हुन्छ के योग्य प्राप्ति।
गर्दा पैल्यै व्यवस्था सहज कृत बनी हुन्न भन्छन्ं समाप्ति।।
हट्नेछन् दु:खचिन्ता दिलकस जति छन् हेर आँखा उघारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५७।।

डुल्दै घुम्दै र हेर्दै प्रविधिपथ टिपी कर्म पस्के छ जाती।
पुज्नेछन् विश्वमा नै खुद निपुण बने मिल्छ भेटी र पाती ।।
टिप्नै पर्नेछ मैले मनुजहित कला उच्चताका सकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५८।।

भोकै तिर्खै नबस्ने यदि मन छ भने कर्म पक्रेर बढ्नू ।
हिँड्दा सद्भ्रान्ति बाटो गिरिमय फलका मानको व्योम चढ्नू ।।
दिन्छन् सत्कर्म उम्दा खुरुखुरु कृतको योग्य बाटो सकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५९।।

मान्छे हो ज्ञान जान्ने वरपर सबले भन्न थालून् तँलाई ।
आओस् फक्रेर उम्दा कृत फल घरमा सौख्य आभा जमाई ।।
दिन्छन् आशिष् सुधाझैँ मन बल बटुली उड्छ टन्टा बढारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।६०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x