साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबा र आमा सधैँ हँसाऔँ

असीम माया बलिष्ठ काया बनाइराख्यौँ हिमाल टल्क्यो । पिता र माता बनेर दाता सुसार गर्दा मुहार झल्क्यो ।। बसेर भोकै दिएर छाया प्रचण्ड गर्मी छलेर साच्यौँ । नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।

Nepal Telecom ad

जगदीश्वर पोखरेल :

टलक्क टल्की दिनेश जस्तै प्रकाश लाली छरेर खुल्छन् ।
दिएर मेवा गरौ न सेवा पिता र माता प्रफुल्ल हुन्छन् ।।
सिँगान झर्दा बिराम पर्दा बुझेर आफैँ छिटो जचाऔँ ।
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।१

सुपुत्र भन्दै गरेर माया खटेर आफैँ बिहान साँझ ।
हिमाल जस्तै उचो छ माथा बिकेन किञ्चित् झुकेन ताज ।।
शरीर गाले अगाध माया गरेर पाले पुजेर पालौँ ।
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।२

विशाल छाती बनेन घाती दयालु बानी असाध्य राम्रो ।
झुलुक्क झुल्क्यो दिनेश लाली रहेछ आभा अपार राम्रो ।
सुवर्ण धागो अपूर्व लाग्यो पिता र माता खुलेर छायौँ ।
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।३

अनन्त माया दिएर आफ्नो फुरुक्क पाऱ्यौँ हलक्क हुर्के ।
पवित्र माया अपार छाया सलक्क पाऱ्यौँ फुरुक्क फुर्केँ ।
हियार भित्रै पियार दिन्छौ पवित्र माया दिएर पाल्यौँ ।
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।४

असीम माया बलिष्ठ काया बनाइराख्यौँ हिमाल टल्क्यो ।
पिता र माता बनेर दाता सुसार गर्दा मुहार झल्क्यो ।।
बसेर भोकै दिएर छाया प्रचण्ड गर्मी छलेर साच्यौँ ।
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।५

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x