साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबा र आमा सधैँ हँसाऔँ

असीम माया बलिष्ठ काया बनाइराख्यौँ हिमाल टल्क्यो । पिता र माता बनेर दाता सुसार गर्दा मुहार झल्क्यो ।। बसेर भोकै दिएर छाया प्रचण्ड गर्मी छलेर साच्यौँ । नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।

Nepal Telecom ad

जगदीश्वर पोखरेल :

टलक्क टल्की दिनेश जस्तै प्रकाश लाली छरेर खुल्छन् ।
दिएर मेवा गरौ न सेवा पिता र माता प्रफुल्ल हुन्छन् ।।
सिँगान झर्दा बिराम पर्दा बुझेर आफैँ छिटो जचाऔँ ।
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।१

सुपुत्र भन्दै गरेर माया खटेर आफैँ बिहान साँझ ।
हिमाल जस्तै उचो छ माथा बिकेन किञ्चित् झुकेन ताज ।।
शरीर गाले अगाध माया गरेर पाले पुजेर पालौँ ।
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।२

विशाल छाती बनेन घाती दयालु बानी असाध्य राम्रो ।
झुलुक्क झुल्क्यो दिनेश लाली रहेछ आभा अपार राम्रो ।
सुवर्ण धागो अपूर्व लाग्यो पिता र माता खुलेर छायौँ ।
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।३

अनन्त माया दिएर आफ्नो फुरुक्क पाऱ्यौँ हलक्क हुर्के ।
पवित्र माया अपार छाया सलक्क पाऱ्यौँ फुरुक्क फुर्केँ ।
हियार भित्रै पियार दिन्छौ पवित्र माया दिएर पाल्यौँ ।
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।४

असीम माया बलिष्ठ काया बनाइराख्यौँ हिमाल टल्क्यो ।
पिता र माता बनेर दाता सुसार गर्दा मुहार झल्क्यो ।।
बसेर भोकै दिएर छाया प्रचण्ड गर्मी छलेर साच्यौँ ।
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।५

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ

वृद्धा र वृद्ध भन्छन्...

जगदीश्वर पाेखरेल
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

जगदीश्वर पाेखरेल
उता म्याऊँम्याउँ

उता म्याऊँम्याउँ

जगदीश्वर पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x