साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताज्यू गाउँ फर्कनुहोस् ल !

नेताज्यू गाउँ फर्किनुहोस् न, अनि बल्ल पो गाउँले असली नेता गाउँमा नै पाउँछ, शहरमा यहाँको खाँचो छैन तर गाउँमा यहाँको खाँचो छ ।

Nepal Telecom ad

चुनावको बेला निकै अदव र गजबका साथ यहाँले गाउँको सात फन्को लगाएको म जस्ता सोझालाई थाहा नै छ । भोकालाई अन्न र नाङ्गालाई कपडा दिन्छु भन्ने लफडा यहाँको छँदै थियो । चुल्ठ, मुन्द्रे, सुण्ड, मुसुण्डको झुण्ड बोकेर पनि यहाँको पार्टीले चुनाव जितेको थियो । मलाई लाग्थ्यो, हजुरको पार्टी भन्दा अरु कुनै पार्टी यो दुनियमा नै छैन, सबै फुमन्तर गरेर जनताका सारा दुखलाई सुखमा परिणत गराउन सक्छ भनेर, त्यै भएर पनि त्यो बाकसमा खसालेको मतपत्र मेरो अलपत्र नहोस् किन कि मैले मैले मतदान मात्र गरेको थिईन, मेरा बिकासका सपना, रोजगारीका सपना, गाउँको सम्बृद्धिको सपनालाई पनि मतपत्रका स्वस्तिक चिन्हमा सजाएको थिएँ ।

अहिले स्वस्तिक चिन्हको मसि सुकिसक्यो होला, बुढी औंलामा लगाएको चिन्हले मलाई प्रश्न गरिरहेको छ र सोधिरहेको छ, के तैले जिताएको मानिसले गाउँमा बिकास ल्याउला र ? भ्रष्टाचार नियन्त्रण गर्ला र ? स्थानीय स्तरमा रोजगारीको अबसर श्रृजना गर्ला र ? नेताज्यू यी प्रश्नहरू मेरा अर्धमुर्छित सपनाहरू थिएनन् मात्र थिए ज्युँदो र जागा हुँदाका अब्बल सपनाहरू, के यी सपनाको सुनुवाई कुन चिन्तन र वादको अदालतमा हुन्छ होला ?

ओहो ! तपाई गाउँ डुल्दा यहाँको खाल्डाखुल्डी त थाहा पाउनु भयो नि हैन ? चुनावको बेला शहरबाट आएर थोरै दिन बसे पनि यहाँको बिजुलीको समस्या थाहा पाउनु भो होला नि हैन ? थोरै भए पनि यहाँको कृषि उपज बिक्रि नभएको थाहा पाउनु भयो होला नि ? थोरै भए पनि बिदेशबाट फर्केर डुकुलण्ठक भएका मानिसको तथ्यांक लिनु भयो होला नि नेताज्यू ? अझ शिक्षक ऐन नमानेर पार्टीमा राजनीति गर्ने हरेक शिक्षकको तथ्याङ्क हजुरसँग नै मज्जाले होला । यतिका बग्रेल्ती समस्या हुँदाहुँदै के तपाई आफ्ना उमेदबारलाई चुनाव जिताएर सुटुक्क बजारमा गएर राजनीति गर्न सुहाउँछ र ?

हरेक बुथमा जसरी पार्टीका एजेन्ट बसेर यो मानिस सक्कली र यो मानिस नक्कली मतदाता थियो भनेर खुट्याइएको थियो नि, हो त्यसरी नै गाउँका हरेक योजना बनाउनमा हरेक पार्टीका एजेन्ट हरेक टोल टोलमा बस्छन् कि नाई नेताज्यू ? के हरेक पार्टीका एजेन्टले एकताबद्ध गाउँको बिकासको खाका कोर्न किन सक्दैनन् नेताज्यू कि यहाँ बिकासलाई पनि बाद लगाउनु पर्छ ?

गाउँ फर्क अभियान चुनावको बेला मात्र लागेर गाउँको मुहार नफेरिने रहेछ । हस्पिटल धाउन हामीलाई निकै नै धौ धौ छ, तर यहाँ गाउँ बसेर यो बुझ्नको लागि पनि हजुर गाउँ नै आउनु पर्छ । गाउँका हजुरबाबा बृद्ध भत्ता बुझ्नको लागि हजारौं खर्चेर बैंक गएको यहाँले अझै बुझ्न पर्नेछ । एक घर एक धाराको अभियान भए पनि धारामा पानी नआएको यथार्थ बुझ्न पर्ने अझै जरुरी छ । मलाई त लाग्छ, तपाई गाउँ बसेर तपाईको उम्मेदबारलाई सूचना दिने र यहाँको बिकासको लागि सूचनाको संबाहक बनिदिनुहुनेछ । नेताज्यू बिन्ती गाउँ फर्किनुस् न ल !

हरेक पटक यहाँ टुरिष्ट बनेर गाउँमा आएर भोट नमागिदिएको भए हुने थियो । गाउँमा नै बसेर यहाँका बाँझा जग्गाको उपयोगिताको बारेमा नयाँ योजना बनाई दिएको भए हुने थियो । गाउँका खरका छानालाई बिस्थापित गर्न नसकेका ती दीनदुखीको सपनामा मलम लगाउने काम गरिदिएको भए हुने थियो । नेताज्यू गाउँ फर्किनुहोस् न, अनि बल्ल पो गाउँले असली नेता गाउँमा नै पाउँछ, शहरमा यहाँको खाँचो छैन तर गाउँमा यहाँको खाँचो छ । नेताज्यू गाउँ फर्किनुहोस् !

लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
कुर्ने कि घुर्ने ?

कुर्ने कि घुर्ने ?

विश्व विनोद
खादा, माला र अबिर टोलाएको बेला

खादा, माला र अबिर...

विश्व विनोद
देश कहाँ छ त ?

देश कहाँ छ त...

विश्व विनोद
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x