साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माछो माछो भ्यागुतो

महाभूल भयो हाम्रो ठानेर ‘देशरक्षक’ ‘लेन्डुपे’-पथगामी यी नाङ्गिए ‘देशभक्षक’ टुक्का सिद्ध भएको छ ‘माछो माछो र भ्यागुतो’ आज लाज लजाएर पसेको छ स्वयं दुलो ।

Nepal Telecom ad

देखेथ्यौँ स्वप्न हामीले “गणतन्त्र उदाउँदा
काँचुली देशले फेर्ला, निर्धाको दिन आउला”
बगायौँ त्यसका निम्ति आफ्नो रगतको भल
रहेछन् ‘राम’ ठानेका हरामी नम्बरी खल

देशले आज भोग्दै छ महा अस्तित्व-सङ्कट
पारी धरापमा देश, दङ्ग छन् नकटा शठ
मेची कोसी महाकाली कर्णाली अनि गण्डकी
उराल्छन् आँसुका छाल, स्वाभिमान छ बन्धकी

महाभूल भयो हाम्रो ठानेर ‘देशरक्षक’
‘लेन्डुपे’-पथगामी यी नाङ्गिए ‘देशभक्षक’
टुक्का सिद्ध भएको छ ‘माछो माछो र भ्यागुतो’
आज लाज लजाएर पसेको छ स्वयं दुलो

न लग्यो भुइँचालोले कोरोनाले न ता लग्यो
यिनलाई बचाएर हाम्रो नियतिले ठग्यो
कवितामात्र यो हैन, न त आक्रोशमात्र हो
आजको देशको हाम्रो हो कारुणिक चित्र यो

देशद्रोही जनद्रोही रीति-संस्कार-ध्वंसक
अत्याचारी अहङ्कारी भ्रष्टाचारी निरङ्कुश
पाखण्डी बहुरूपीको शीघ्रातिशीघ्र अन्त्य होस्
“जय नेपाल” उद्घोष आकल्प गुञ्जिँदै रहोस्
०००
नकटा=निर्लज्ज ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x