साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पण्डितजी एम्बुसमा परेछन्

प्रभुले हामीलाई हाम्रो तपस्याको फल दिए झैं लाग्यो र प्रकृतिको नियम बिरुद्ध हामी जान सक्ने कुरै आएन ।

Nepal Telecom ad

सुन्दरपुर ! गाउँको नाम र प्रकृतिले माया गरेर नै होला, साँच्ची नै सुन्दर छ बस्ती । हरियालीको अभाव छैन । पानीको पीर छैन । सम्पन्नता यसको अर्को परिचय हो । हुन त जमिन्दार प्रताप सिंह ठकुरीको पुर्खाले बिर्ता पाएको मौजा हो यो । तिस बर्ष अघि जमिन्दारको परिवार बाहेक सबै मजदुर थिए । प्रताप सिंहले आफू बेलायतबाट पढेर फर्किएपछि आफ्नू सय बिघा जमिन सय घरको नाममा पास गरेरै दिए । हिजोका रैतीहरू आज नागरिक भए । सबैले उनको जय जय गरे । उनै बाबुसाहेबको एउटा मात्र पुत्र रत्न शहरमा पढ्थ्यो । उतै प्रेमविवाह गर्यो । विवाह भएको महिना दिन नपुग्दै दुर्घटनामा परेर पुत्रको निधन भयो । बुहारी पूजा घर आइन् । बुहारीलाई बाबुसाहेबले छोरीको दर्जा दिए । नजिकै, नदीको किनारमा विशाल शिव मन्दिर थियो । पुष्प वाटिका पनि अत्यन्त सुन्दर ।

भजन गाउन सिपालु पूजा ससुरा बाको अनुमति लिएर मन्दिर जान थालिन् । रुपको खजाना नै थिइन् उनी । पीत बस्त्रमा योगिनी । उनको स्वरले मन्दिर झङ्कृत हुन्थ्यो । गाउँलेहरू बिहान बिहान भजन सुन्न आउन थाले । मन्दिरको रौनक बढ्यो । पुजारी थिए एक युवा बाहुन । टुहुरो अनाथाश्रमबाट ल्याएर उनै जमिन्दारले पालेको केटो । संस्कृतमा आचार्य भए पनि जमिन्दारको गुण तिर्न पुजारी भएर बसेको । शुद्ध आचरण । उन्तिस बर्षको लक्का जवान । धार्मिक सिनेमामा कृष्णको भूमिकामा अभिनय गर्न सुहाउने । अर्को नेपाली नितिश भारद्वाज ! बोली सारै मिठो ! गाउँले नव यौबनाहरू पुजारीकै सपना देख्थे । लाजको कारण मौन ।

तीन वर्ष बित्यो । पूजा पनि मन्दिरको सेवामा लीन । फागुनको १४ गते । बिहान मन्दिरको घन्टी बजेन । गाउँलेहरू आए । मन्दिर बन्द । पुजारीको कोठामा भोटे ताल्चा । ढोकामा एउटा खाम । खबर पाएपछि बाबुसाहेब पनि आए । पत्र उनैले खोले । ‘आदरणीय पिताश्री र गाउँले बन्धुहरू, प्रभुले हामीलाई हाम्रो तपस्याको फल दिए झैं लाग्यो र प्रकृतिको नियम बिरुद्ध हामी जान सक्ने कुरै आएन । हामी पनि सामान्य मान्छे नै हौँ । यो घटनालाई सहज रुपमा लिनु होला । हामी जहाँ रहे पनि सुखी नै रहने छौं । अल बिदा !’

सबैको अनुहार हेर्न लायक थियो । ‘पण्डितजी पनि एम्बुसमा परेछन् ।’ एउटाको मुखबाट फुत्त निस्कियो । बाबुसाहेबको अनुहारमा भने दैवी चमक थियो ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
प्राज्ञ बन्ने योग्यता

प्राज्ञ बन्ने योग्यता

रामकुमार पण्डित क्षेत्री
घडीको आत्मकथा

घडीको आत्मकथा

फित्काैली डटकम
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x