सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

महान् नेता – महान् त्याग !

खासाबाट ल्याएको च्याङ्ग्रो संझिनु भएछ कि कसो हो- हातखुट्टा बाँधेर सिङ्गो रोस्ट बनाउनु भो । घिच्रो दार्नु भो ।

Nepal Telecom ad

महान नेता महान् त्याग ! गच्छे अनुसारका नेता भच्छे अनुसारको त्याग ! तगडा प्रकारको भक्षणक्रिया नभई महान् त्याग पो कसरी गर्ने ? क्रिया र कर्मको सन्तुलन नभई महान् कसरी बन्ने ? शरीरमा बर्कत नभै हर्कत देखाएर मात्र शिखर चढ्न कहाँ सकिएला त ? हातमा छपक्कै मेहन्दी नाडीमा सप्तरङ्गी चुरा । गलामा नवरङ्गी पोते । छातीमा झुण्डिएको तीन तोला तौलको काँडे तिलरी । शिरमा भोले बाबाकोभन्दा अल्को जुरो .। सिङ्गै डँढाल्नो खुला देखिने ब्लाउज सारी । सितारा टलटल टल्किने सारीलाई लतार्दै लाने पारी । ओेठमा लिपिष्टिक । दातमा बिरी । गालामा लाली । नङमा पालिस । आँखामाथि आइ ब्रो । सिउँधोमा स्काइ ब्रो याने सिन्दूर । नाक छेडेर बुलाकी झुन्डिएको । लक्ष्मी माताकै अवतार पो हो कि यो ? मान्छेहरू रनभुल्ल परेर अडकलमै अड्किए ।

“नेताजीले पदत्याग गर्नु भो । पुरुष हुनुहुन्थ्यो । अब महिला बन्नु भो ।” पीएले सारपूणर् विज्ञप्ति दिए । व्याख्या विश्लेषण अनेकथरी भए । संश्लेषणका नाना नौरङ्की सिङजुरा ठडिए । हर्रो बर्रो चिनी चिराइतो विश्लेषणमा घोलियो । टर्रो अमिलो गुलियो स्वाद ठेलियो । “यो त पदत्याग मात्रै भएन । लिङ्गै परिवर्तन भयो नि त ?”

सोध्नेहरूको जिज्ञासा । “त्यही त अघिदेखि भन्दैछु— महान् नेता महान त्याग ! भोलि यस्तै त्यस्तै परे उहाँले यो महिलाको रुपमा देखिने महान पदवी पनि त्यागी दिनु हुनेछ । अनि प्रगतिपथमा छलाङ मार्दै तेस्रोलिङ्गी बनेर उदाउन असंभव छैन ।”

“त्यहाँ पनि असन्तुष्टी आएमा के चैं हुने त ?” सोध्नेले प्वाक्कै सोधेपछि भन्नेलाई पनि त कर लाग्यो— “समलिङ्गी, उभयलिङ्गी बेलिङ्गी अतिलिङ्गी जे पनि बनिदिन सक्नु हुन्छ उहाँ त ! यही न हो, महान् नेता महान् त्याग ! उहाँले यी धर्ती माताको सुपुत्र भएर जे जति गर्नु भो त्यो अरु खै कसले गर्न सक्यो र ? त्यसमा पनि केही कुण्ठा कमी अप्राप्ति रहे हुनन् । तिनलाई पूरा गर्न अझै पनि बेला मौका अनुसार थरीथरीका औतार लिँदै जानु हुनेछ । पृथ्वीको भार हर्न उहिले देउदेवताले पनि विभिन्नथरी अवतार लिन्थे रे । राम, कृष्ण, बुद्ध, क्राइष्टलाई पनि त त्यसै भगवान मानिआएको पक्कै होइन । हाम्रा नेतानायकले पनि एउटै रङ्गढङ्गबाट अन्नदाता पददाता र विधाताको भार हर्न सक्नु भएन । अर्थात सक्नु हुन्थ्यो तर प्रतिक्रियावादीहरूले दिएनन् । त्यसैले विधाताको इच्छाअनुसार उहाँकै निगाह बक्स भएको चुरापोते धागो सिंदूरले सजिएर जरीवाल सारी ढल्काएर अभिसारको तयारीमा हुनुहुन्छ । त्यही न हो-महान् नेता महान् त्याग !

त्यागको पनि सानोतिनो आयतन र परिधि नेताजीलाई मन पर्दैन । साँधसीमानाको परिधिले उहाँलाई निसास्रो लाग्छ । त्यसैले जङ्गेपिलर उहाँको नम्बर वान दुस्मन बनी आएको छ । अन्तर्राष्ट्रियताको कामज्वरोले दग्धिएको उहाँको देही सीमाको छेकबार हटाउनै पर्ने ठान्छ । त्यसै प्रयोजनको लागि पनि उताको मेहन्दीमा सजिएको हात उतैका पराइले वरण गरेको सुहागरात । ए रात्तै धरतीमा साँच्चिकै स्वर्गको अवतरण पो भयो कि ?

“म्यान इज बर्न फ्री बट एभ्री ह्वेयर ही इज इन चेन्स ।” रुसोले उहिल्यै भनेका थिए रे । उनैबाट प्रेरणा लिएर बाजे, बडाबाजेहरूले पनि देशका सीमासाँधलाई मानवसभ्यताको बन्धन भनेका थिए । त्यही स्कुलमा डण्डिबियो खेल्दै बडेचडेका नेताजीले पनि सानैमा बाख्रा गोठालो जाँदा श्यालले बोको लगेको खबर सुन्नु भएछ । चट्टै त्यो मुले मनेलाई त्याग गर्नुभो । विदेशमा बस्दा भोटो कछाड छोडेर ककसको जडौरी जामा भिर्नु भो । आदतमा अलिअलि बचेखुचेको देशभक्ति भनाउँदो अफिम त्याग गर्नु भो । अरुकै दाम्लोमा बाँधिएर काम्लो ओड्नु भो । मुकुट लगाउनु भो । त्यही न हो महान् नेता महान् त्याग ! सबैभन्दा पहिले श्यालले खाएको बोको त्याग गर्नु भएथ्यो । त्यस्तै चौथीको काँक्रो शिवरात्रीका, मूडा, गण्डकीको पानी, बन डढेको खरानी आदि इत्यादि त्याग गर्दै आउनु भयो । उहाँको महान् व्यक्तित्वको अगाडि यी र यस्ता झिनामसिना कुराको बयान, बखान गरी के साध्ये ? सानैदेखि त्यागको मामिलामा नम्बर वान नै रहँदै आउनु भो । पाखण्डपुराणका धुरन्धर प्रवक्ता र वाचनशिरोमणि दरिनु भयो । आहार ग्रहण गर्नमा कतै, कहिल्यै सङ्कोेच मान्नु भएन । मलमूत्र त्याग गर्नेमा मनकारी हुदै आउनु भयो । अधिक भोजनले फैलिएको वायु प्रदूषणमा लाज घीन देख्नु भएन । देशका दिशा र दर्शन त्याग गर्नु भो । विदेशी प्रभुपाद मर्दनमा बरदान देख्नु भो । सबैतिर समभाव समात्नु भो । आत्मभाव लत्याउनु भो । परभाव पुज्नु भो । शक्ति सोपानमा आशक्ति बढ्यो । चढ्न जेजस्तो तिकडमबाजी गर्नुपर्ने हो, गर्नु भो । त्यही महान् त्यगको विशेष फल पाकेर लटरम्म भयो । अरु खाले कुनै किस्मत गर्नु परेन । सँगैका साथी बने डुकुलण्ठण्ठङ ।

खसी बेच्ने सोझो नेपाली बाबैलाई झुक्याउनु भएन । हाकाहाकी कुकुर भनेर सित्तै हात पार्नु भो । आफू बोसो लागेर मोटाउनु भो । विचरो नेपाल बाजे सुक्तै फुकिढल भयो । खासाबाट ल्याएको च्याङ्ग्रो संझिनु भएछ कि कसो हो- हातखुट्टा बाँधेर सिङ्गो रोस्ट बनाउनु भो । घिच्रो दार्नु भो । साँप्रा, फिला सखाप पार्नु भो । विचरा घाउ नै घाउले गनाई रहेको शरीर लिएर देश थला बसेपछि आपूmले चट्ट अवतार फेर्नु भो । देशै घायल पार्न सकेको बहादुरी देखाएर पराईको मन प्रफुल्ल गराउनु भो । त पो न दूरदृष्टिवाला महान् नेता ? त पो न आफ्नै मासु काटेर बाजलाई दिनमा आनन्द मान्ने शिवि राजा ! त पो न तिनलाई पनि बिर्साउने महान् त्याग !

९८४१६४७१८
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
आ-आफ्नै भाँडतन्त्र

आ-आफ्नै भाँडतन्त्र

नरेन्द्रराज पौडेल
पुरेत फर्ने रोग

पुरेत फर्ने रोग

नरेन्द्रराज पौडेल
राहत रमिता !

राहत रमिता !

नरेन्द्रराज पौडेल
अथ श्री पालिकापुराणम् !

अथ श्री पालिकापुराणम् !

नरेन्द्रराज पौडेल
चड्कनचर्या

चड्कनचर्या

नरेन्द्रराज पौडेल