साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जङ्गे र नाङ्गे

कता त्यो जङ्गे कता यी नाङ्गे कता त्यो ढङ्ग कता यी बेढङ्गे जङ्गे गथ्र्यो शासन गर्दैनथ्यो भाषण नाङ्गेले गरे भाषण सकेनन् गर्न शासन ।

Nepal Telecom ad

जङ्गे गयो, नाङ्गे आए
एकको ठाउँमा सैयौं आए ।

कता त्यो जङ्गे कता यी नाङ्गे
कता त्यो ढङ्ग कता यी बेढङ्गे
जङ्गे गथ्र्यो शासन गर्दैनथ्यो भाषण
नाङ्गेले गरे भाषण सकेनन् गर्न शासन ।

जङ्गेले जिब्रे संविधान सय वर्ष टिकायो
नाङ्गेले लेखे संविधान दस वर्षमै बिलायो ।
लखनौ लुट्थ्यो विदेश गै नाङ्गेले लुटे स्वदेशमै
जङ्गेले जोड्यो दरबार नाङ्गेले जोडे घरबार ।

जङ्गे सिमाना बढाउँथ्यो, नाङ्गेले सिमाना घटाए
जङ्गे विदेशी तर्साउँथ्यो, नाङ्गेले विदेशी फुर्क्याए ।

बाघको छालामा श्यालको रजाइँ,
जङ्गेको देशमा नाङ्गेको लडाइँ ।
जङ्गेले बोलेपछि बोल्यो बोल्यो !
नाङ्गेले बोल्यो कि कट्टु खोल्यो !!

डर भर हुन्थ्यो जङ्गेको, भएन भर क्यै नाङ्गेको
नाङ्गेलाई के अनुशासन ? न शासन न प्रशासन ।
जङ्गेले काटेथ्यो माथिका, नाङ्गेले काट्यो निमुखा
बहादुरी जङ्गेको, लुच्याइँ फट्याइँ नाङ्गेको ।

बोकाको दाइँ भएन, संविधान आउँदै आएन
नाङ्गेले नाचे नाङ्गो नाच, जङ्गे नआई भएन ।
जङ्गे जिब्रो लिई आ, सय वर्षे शासन दिइ जा
संविधान सिकाइदे, यी नङ्गेलाई भगाइदे ।

आइज जङ्गे आइज, जिब्रे संविधान चाहियो
यी नाङ्गेको नाङ्गो नाच, हेर्दा हेर्दा अघाइयो ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x