साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भीक्षान्त भाषण

मङ्सिरमा हुने चुनावी मेलामा ठेलमठेला, पेलमपेला गरी पर्तीनिधि सभाको दोस्रो फुल हाम्रो झोलीमा फुत्त हालिदिनुहोस् तब देख्नु हुनेछ, हाम्रो पौरखको ल्याकत, पराक्रमको सच्चाइ ।

Nepal Telecom ad

आदरणीय सज्जन हूलमूलहरू !
फेटा र झोलामा झुल्ने झुसिले भकारीहरू,
भ्रान्तिकारी जेरीस्वारी चाटलाई फटाफट अभिवादन !

जतिसुकै धक्कु लगाएर, बख्खु फटाएर पनि नपुगिने ठाउँ मलेखु भन्नेहरू भन्ने गर्दथे भनिरहेथे भनिरहकैे छन् तर पनि हामी नपुग्ने ठाउँ भनिएको कुठाउँको चैं सङ्घारैमा पुगेका छौँ । संघार अर्थात मङ्सिरे चुनावको दोस्रो अण्डा अब फुट्ने फुट्ने ठाउँमा/समयमा हामी आइपुगेका छौँ । हामी जनताका सच्चा सेवक हौँ, हामीमाथि चक्कु चलाएर धक्कु देखाए पनि आम समुदायको भावनाअनुरूप ती चक्कुलाई मोडेर तोडेर देखाई सक्या छौँ । अब चुनाव हुन्छ एक दुई हुन्छ तीन हुन्छ नभए मान्छेका मथिङ्गलभित्र गुजुल्टिएका सर्पहरू खतराको बीनले नवीन भावशैलीका कत्थक प्रदर्शन गर्दै नाच्न थाल्ने छन् ।

यसरी यी गुजुल्टिएका सर्प नाच्न थालेपछि हाम्रो के हालत हुन्छ ? भनी सुध्याउनु होला । यो अब त मर्छ पक्का-पक्का मर्दछ तर हामी मर्नेवाला छैनाैँ । किनकि हामी प्राण अनि त्राण लकरमै कोचेर आएका हुन्छौँ । हाम्रा मम्मीले हामीले बोटल दुध चुस्दाकै बेलामा पूरकको रूपमा हाम्रो यौटा डमी पनि जुराइदिनु भा’थ्यो । आजको दिन आउँछ नै भनेर उहाँहरू भन्नु हुन्थ्यो त डमीले धान्नु धानिरहेछ । जनताको सेवा छानी छानी गर्न पाइरहेका छौँ । यो अण्डा पर्तीनिधि सभाको फन्दामा झुण्डिन हामी फेरि तयारीमा छौैँ । फन्दामा झुण्ड्याउने आमाका औलाद अनि तपाईहरू जल्लाद उर्लेर चुनाउमा भोट खसाल्न आफ्नो घरको हाँडी चिसै राखेर या खेतवारी बाँभैm राखेर त्यो दिनको तयारीमा ढुक्क भएर बस्नुस् । हामी ठिक्क परेर डाँको लगाउँछौँ, हाँको हाल्छौँ ।

हाम्रा सानिमाका छोराहरू बुद्धि सप्रेका मोराहरू धक्कुका ढ्याङ्ग्रामात्र ठोक्छन् गर्न सक्ने खट्न सक्ने कोही छैनन् । तिनले इतिहास मात्रै पढ्याछन् रट्याछन् तर सिकोको सुइरो उन्नसम्म पनि जान्या छँदैछैनन् । त्यस्ता कुरौटेहरू इतिहासमै च्यापिएर पुतलीझैँ पात भई ठेलीभित्र थन्किएर रहने छन् । हामी त सिकेर शिकार खेल्ने शिकारी हौँ । हन्तकाली ऐरावतका प्रतीक हामी भकारी हौँ । हाम्रा भकारीमा आम गरिब जनता चुनदाममा सर्वसुलभ भकुण्डो बन्न पाउने छन् । बुद्धिजीविका जीविकादाता हामी नै रहने छौँ । शोषित, पीडित किसान र मजदूरको पक्षधर हाम्रा स्वभावको अकाल/अभाव हाम्रो भकारीमा छँदैछैन । यौटामात्र भकारी खोलेमा अपार जनसागर सलहझैँ सोझिने छ । हामी नेपाललाई नव नेपालमात्र त के नयाँ नेपाल नै बनाएर छाड्ने छौँ । जहाँ नेपालीको अभाव भए तापनि श्रम र शिपका पक्षधर छिमेकीले भरिदिन सक्छौँ । यही हाम्रो खुवीलाई सर्पले आफ्नो खुट्टा आफैँले देख्न सक्ने भएरै दौतरीहरू मरिमरी चिच्याइरहेका हुन् ।

हामी एक छौँ । एकल पहिचानमा विश्वास राख्छौँ, चुनावमा अरु दल किन चाहियो ? यसैले दुई तिहाई हाम्रो भकारीमा बचत गरिदिनुहोस् । यति मात्र भयो भने पनि अरु दललाई दर्तै गर्न नपाउने यथार्थ देखाई दिन सक्ने  छौँ । हाम्रो पहिचान राम्ररी उजिल्याउने छौँ । अघिल्लो चुनावमा पड्काएर पनि भट्काएर पनि मिसावटीमा मिसिन बाध्य भयौँ विदेशी पूँजीपति दलालहरूको डरले जनता डगमगाए । हामीलाई चक्रव्यूहमा पारिएको थियो अभिमन्यूझैँ जतिसुकै स्वाँ स्वाँ गरिए पनि हाम्रा स्वास थुन्न लपलपाउँदा हातहरू ओइरिए । काम गर्न खोज्दा लाम लागेर जिउ नचल्ने गरी बाँध्न खोजिए तर पनि केही त गरेका नै थियौ होइन त ?

सधैँ सडकभरि धूलो र धुवाँको धुमधाम देखेर परिबन्द मिलाउँदै हामीले बन्दको प्रकाण्ड शैली निकाल्यौँ । वर्षको महिनावारि पारी स्वास्थ्यअनुकूल राख्ने वातावरणका लागि भुँडीफोरले ह्वेल निकाल्नेजस्तै सङ्घर्ष गर्‍यौँ । संस्थान स्वामित्वमा विना कुनै भेदभाव सबलाई समान ढङ्गले सदाबर्तको सुविधा जुटायौँ । सक्कली नक्कली नभनी डिग्री सिग्रीलाई फलामे सिक्रीमा बाँध्यौँ । साँढेको सिङ्गजुरोजस्तै लुकाएर लुक्ने कुरा हुँदैहोइन । यस उसले मङ्सिरमा हुने चुनावी मेलामा ठेलमठेला, पेलमपेला गरी पर्तीनिधि सभाको दोस्रो फुल हाम्रो झोलीमा फुत्त हालिदिनुहोस् तब देख्नु हुनेछ, हाम्रो पौरखको ल्याकत, पराक्रमको सच्चाइ । लौ त वचन यही माग्दै तामो तुलसी भाकेर अहिलेलाई बाई बाई ।

०००
काठमाडौं
सम्पर्क : ९८४१५२६६७०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
आम्दानी महात्म्य

आम्दानी महात्म्य

डा. सुमनराज ताम्राकार
पिउन साप

पिउन साप

डा. खगेन्द्र लुइटेल
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x