साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धादिङमा मदन पुरस्कार विजेता लम्साल सम्मानित

भानु प्रतिष्ठान, पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ धादिङ र नेपाल प्रेस युनियन धादिङको आयोजनामा लम्सालको गृहजिल्ला धादिङमा उनलाई नागरिक सम्मान गरिएको हो ।

Nepal Telecom ad

भदौ २९, २०७९ । धादिङमा जन्मेर साहित्य र पत्रकारितामा संलग्न डा नवराज लम्साललाई ‘अग्नि’ महाकाव्यले मदन पुरस्कार दिलाएपछि बुधबार सम्मान गरिएको छ ।

भानु प्रतिष्ठान, पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ धादिङ र नेपाल प्रेस युनियन धादिङको आयोजनामा लम्सालको गृहजिल्ला धादिङमा उनलाई नागरिक सम्मान गरिएको हो ।

गृहजिल्लाको सम्मान कार्यक्रममा महाकाव्य रचनाकार लम्सालले विपन्न, मजदुर, दलित र पछाडि पारिएको विषयमा वकालत गरेर नेपाली साहित्यमा थोरै कृति मात्र जन्मिएको बताए । उनले मदन पुरस्कार विजेता कृति अग्निले त्यस्ता पछि पारिएको र विभेदमा पारिएको समुदायलाई सम्बोधन गरेको बताए ।

लम्साललाई धादिङबेंसी बजारको चोकचोकमा बजारवासीले खादा लगाएर सम्मान गरेका थिए । टोल सुधार समितिका पदाधिकारी, सदरमुकाम आसपासका विद्यालय, किवो बोर्डिङ, एडभान्स एकेडेमी, सुनगाभा एकेडेमी, नीलकण्ठ मावि, नीलकण्ठ क्याम्पस, चिल्ड्रेनपार्क मावि, बालमन्दिर मावि, धादिङ बोर्डिङलगायतका विद्यालय र नीलकण्ठ नगरपालिकाको ३ नम्बर वडा कार्यालयले सम्मान गरेको थियो ।

लम्सालद्वारा लिखित महाकाव्य अग्निले २०७८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । नेपाली साहित्य जगतमा मदन पुरस्कारलाई उच्च सम्मानका रूपमा लिइने गरिएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x