सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यो समाज

अतिचार पैदा भयो देश भित्र थिति ऐन सारा मरेछन् विचित्र दबिए दुखीका व्यथाका अबाज असमान हाम्रो भयो यो समाज ।

Nepal Telecom ad

धनको छ मान्छेहरूमा रवाफ
दिनरात खान्छन् धनीले कबाफ
अहिले यहाँ छन् अनेकौँ तमास
असमान हाम्रो भयो यो समाज ।

कति भोकमा छन् रुँदै सुत्न बाध्य
न छ वस्त्र छाना छ पीडा असाध्य
जिउँदै मरेतुल्य पार्छन् हतास
असमान हाम्रो भयो यो समाज ।

सरकार हाम्रो समस्या थुपार्छन्
ढिकुटी सबैले सकेसम्म भर्छन्
जनताहरू खालि आफैँ नबाझ
असमान हाम्रो भयो यो समाज ।

अवगाल बढ्छन् जतै देख्छु भ्रान्ति
युवती युवा माग्दछन् फेरि क्रान्ति
कति सुन्नु फोस्रा कुराका धमास
असमान हाम्रो भयो यो समाज ।

अतिचार पैदा भयो देश भित्र
थिति ऐन सारा मरेछन् विचित्र
दबिए दुखीका व्यथाका अबाज
असमान हाम्रो भयो यो समाज ।

०००
दमक, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’
कालो सर्प

कालो सर्प

बिन्दु दहाल ‘मूकदर्शक’
छन् यहाँ

छन् यहाँ

बिन्दु दहाल ‘मूकदर्शक’
गोरु ब्याए

गोरु ब्याए

बिन्दु दहाल ‘मूकदर्शक’
सोचौँ कसी कन्धनी

सोचौँ कसी कन्धनी

बिन्दु दहाल ‘मूकदर्शक’
बरू

बरू

बिन्दु दहाल ‘मूकदर्शक’
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)