साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार झड्का

त्यस गोप्य वैठकले दुईवटा कुरा पारित गर्‍यो । पहिलो- छोटो अवधिमा पिए मुख्य अधिकृत बनिन्, दोस्रो- उनै पिए दुई जिउकी भइन् ।

Nepal Telecom ad

१. रत्नपार्कमा

काठमाडौंमा लुगा संकलन गरेर मैले हुम्ला, बाजुरा, मुगु, कालिकोटमा रहेका विपन्न, असहाय, निमुखाहरूको निम्ति न्यानो लुगा लगाइदिने काम गर्दै आइरहेको छु । त्यही सिलसिलामा बैंकका एकजना महिला कर्मचारीले पनि उहाँको घरमा रहेको लुगाफाटो दिएर धेरैपटक सहयोग गर्नुभयो । मेरो अभियानमा नेतृ बनेर सघाउनुभयो । एकदिन मलाई उहाँले लुगा लिन घरमा बोलाउनुभयो । लुगा दिँदै हाँस्दै भन्नुभयो- मैले दिएका लुगाहरू रत्नपार्कमा लगेर त बेच्नु हुन्न नि हगि सर ! उहाँको कुराले म त बोल्नै सकिनँ ।

२. सुहाना

टाइपिष्टबाट जागिरमा प्रवेश गरेकी सुश्री सुहाना रूपरङ्गमा बिछट्टै राम्री थिइन् । उनको सुन्दरताबाट लोभिएर जिएमसाबले उनलाई आफ्नै पिए बनाएका थिए । कार्यालयको दैनिक कामसँगै देखभेट त छँदै थियोे । त्यस बाहेक पनि जिएम र पिएको दिनहुँ एकघष्टा गोप्य वैठक बस्थ्यो ।

त्यस गोप्य वैठकले दुईवटा कुरा पारित गर्‍यो । पहिलो- छोटो अवधिमा पिए मुख्य अधिकृत बनिन्, दोस्रो- उनै पिए दुई जिउकी भइन् ।

३. सावित्री

कोरोनाको महामारीका कारण लामो समयदेखि सवैजना घरभित्रै थुनिएर बस्नु परेको अवस्था थियोे ।
दैनिक रोजगारी गरि खानेहरूको मुखमा त झन् पुरै तालाबन्दी लाग्यो । दैनिक गुजारा चलाउन अप्ठ्यारो भयो । यस्तै चेपुवामा परेको छु भनेर सावित्रीले टोल सुधार समितिलाई फोन गरिन् । समितिका सदस्यहरू तुरुन्तै राशनका सामग्री बोकेर सावित्रीको घरमा पुगे । तर त्यहाँ पुग्दा सदस्यहरू सबै छक्क र अचम्मित भए । सबैसँग यस्तै सहयोग मागेर ल्याएको राशनको सामग्रीले कोठा भरिभराउ थियो ।

४. क्या हुस्सु !

हात भाँचिएर घरकीको साथ लिँदै म डाक्टरकहाँ देखाउन जाँदैथिएँ । दुखाइको तोड त आफ्नो ठाउँमा छँदैथियोे । बाटोको पारिपट्टिको पसलमा विचित्र बानी व्यहोराका साथीसँग अचानक भेट भयो । साथी त पुरै बेरूप अर्थात् टाउकोदेखि खुट्टासम्म पुरै सेतो पहिरनमा देख्दा मलाई मनमनै लाग्यो- कहिले गएछन् यिनको बाउ ?

मैले त साथीसँग यस बारेमा केही पनि सोधिनँ । उसका कुरा सुने, हिँडें । यही कुरा घरकीसँग गर्दा उनले भनिन्- तपाईंको साथीले अहिले बुद्व धर्म छोडेर ओम शान्तिको धर्ममा लाग्या छन्, उनैको पहिरन रे !
वास्तविकता खुलेपछि म त क्या हुस्सु पो भएछु ।

०००
सरस्वतीनगर, चाबहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x