साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यिनै हुन्

अझै आस लाग्छ ? लोभ्याउने यिनै हुन् सिरिफ आफ्नु दुनु, सोझ्याउने यिनै हुन् नगर्नोस् भो गाली, तपाईं अहिले यिनलाई मैले’ नि नमस्ते चढाउने यिनै हुन् ।

Nepal Telecom ad

बैठक बोलाए, पनि आउने यिनै हुन्
भोटै खसाले, पनि पाउने यिनै हुन्
यिनै थे यिनै छन्, रहने यिनै हुन्
तपाईंको यो हालत, बनाउने यिनै हुन् ।

व्यवस्था नढल्दा, जोगाउने यिनै हुन्
ढल्यो त्यो पछि जब, ढलाउने यिनै हुन्
पुराना ती कैदी, मिसाएर हुलमा
प्रजातन्त्र उठ-बस गराउने यिनै हुन् ।

कति हेर्नु नाटक ? देखाउने यिनै हुन्
कता केको व्याख्या ? गराउने यिनै हुन्
विषालु मीठा भ्रम, नयाँ फेरि ल्याई
तपाईंको त्यो टाउको, चपाउने यिनै हुन् ।

अझै आस लाग्छ ? लोभ्याउने यिनै हुन्
सिरिफ आफ्नु दुनु, सोझ्याउने यिनै हुन्
नगर्नोस् भो गाली, तपाईं अहिले यिनलाई
मैले’ नि नमस्ते चढाउने यिनै हुन् ।

०००
काठमाडौं
२०५८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x