नन्दलाल आचार्यदेश खोज्दै नखोज
नछुनुपर्ने कुरा छुनै परे पनि छोऊ तर ड्याम्म पेट भरेर मात्र सात पुस्ताका लागि सोच सकिएको देशलाई बन्दै नखोज बरू छिमेकतिरै बसाइँ सर ।

खाऊ, मज्जाले खाऊ
हारेकाहरूले तारेरै खाऊ
जितेकाहरूले सुरिएर खाऊ ।
यता फर्काऊ, उता फर्काऊ
ढिङ्ग मर्काई, मर्काई खाऊ
आफ्नो पेट भरियो भने
छिमेकी इष्टमित्रलाई जिम्मा लाऊ ।
हो, खान पाएनौ भने
छिमेकीलाई पुकार
उनेरले पनि टेरपुच्छर लगाएनन् भने
पाठपूजा गर
गोडै धुनुपरे पनि धोऊ
पैतालाकै पानी अचाउनु परे पनि अचाऊ
नछुनुपर्ने कुरा छुनै परे पनि छोऊ
तर ड्याम्म पेट भरेर मात्र
सात पुस्ताका लागि सोच
सकिएको देशलाई बन्दै नखोज
बरू छिमेकतिरै बसाइँ सर ।
०००
तपेश्वरी-१, गल्फडिया, उदयपुर
Subscribe
Login
0 Comments
Oldest









































