साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अंशबन्डा

दाजुभाइ मौन थिए । एकले अर्काको मुख शत्रुले जस्तै हेर्दै हेरेनन् । वंश र बाँस जन्मिँदै छुट्टिएको सबैले बुझेकै छन् । छिमेकीहरु एक साथ दुवैलाई कराउन सुरु गरे ।

Nepal Telecom ad

लोग्ने स्वास्नीको झगडा परालको आगो भन्छन् तर दाजु भाइको झगडा महाभारतभन्दा तगडा उखान घरघरमा लागू छ ।

यस्तै महाभारत चल्यो दाजुभाइमा । बुबाले बनाइदिएको घरमा अंशबन्डाको पुरुषार्थ हुने भयो । जग्गा जमिनमा त विवाद भएन तर घरको अंशबन्डा दाइभाइबिच नयाँ फन्डामा भयो ।

दुई भाइको भाग दुई दुई ओटा कोठा र चोटा भए । बिचैमा थियो धारा र शौचालय । जमिन बाँड्ने कि घर भन्ने थियो । दाजुका जहानबिच आगो र पानीको सम्बन्ध भइसकेको थियो । जमिन नै बाँड्ने हुँदा एउटामा शौचालय र अर्कोकोमा धारा पर्‍यो ।

दाजुभाइबिच बोलचाल बन्द भयो । निकै पिरो खाएपछि शौचालयबाट भने बाहिरसम्म आवाज आउँथ्यो ।
एउटीको माइतीमा झगडा भयो । झगडामा माइतीलाई बलियो बनाउन गइन् । उसको भागमा परेको शौचालयमा ताल्चा लगाएर निस्किइन् । यता अर्कीलाई पचेन, पखाला लाग्यो ।

दाजुभाइको महाभारतले गाउँघर गन्हाउन थाल्यो । धाराभरि फोहोर पारेर उनी पनि माइत निस्किइन् ।
संयोगले दुवै दाजुभाइ एकै समय पारेर घर फर्के मामाघरबाट । मामाको बिहेमा गएका थिए ।

दाजुभाइ मौन थिए । एकले अर्काको मुख शत्रुले जस्तै हेर्दै हेरेनन् । वंश र बाँस जन्मिँदै छुट्टिएको सबैले बुझेकै छन् । छिमेकीहरु एक साथ दुवैलाई कराउन सुरु गरे ।

गन्हाएर हो कि झगडाको बोध सहन नसकेर हो, दाजुभाइ बेहोस भए ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x