साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेमेल

नाथे विचारले सम्बन्धमा धमिरा लगायो खाएका कसम सबै बगायो मधुशाला थियो जिन्दगी अहिले वधशाला बनायो सारी र दारुले जिन्दगी ऐँजेरु बनायो ।

Nepal Telecom ad

उसले सारीका कुरा गरेर
मेरो बगली खाली पारी
मैले दारुका कुरा गरेर
उसको नौगेडी हात पारेँ
लेनादेना बराबर नै भो
चर्कने र झर्कने पनि भो
विवाद र झगडा अलिअलि
मान्छे म तगडा घरीघरी
सधैं व्रत बस्नु भन्छे ऊ
म सधैं खाने कुरा गर्छु
विचार फरक भएपछि
चुल्हो पनि फरक पर्ने रहेछ
पहिले म घन्टी बजाउँथे
अहिले ऊ घन्टी बजाउँछे
विचार फरक भएपछि
गन्हाउदो रहेछ मान्छे
सहरको दुर्गन्ध झैँ
मन नमिलेपछि
हाम्रो भान्सा फरक भो
कम्युनिस्टहरूको विचार झैँ
अदालतमा मुद्दा परेपछि
लन्ठ्याङ भो जिन्दगी
चुनाव हारेको नेता झैँ ।
नाथे विचारले
सम्बन्धमा धमिरा लगायो
खाएका कसम सबै बगायो
मधुशाला थियो जिन्दगी
अहिले वधशाला बनायो
सारी र दारुले जिन्दगी
ऐँजेरु बनायो ।

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x