साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के लत बस्यो मलाई …

श्रीमतीजीको ठिकलाई ठिक भन्ने, बेठीकलाई पनि ठिक भन्ने । तिनको गन्थन, बकबकलाई दिव्योपदेश मानेर सुन्ने, दिनदिनैको किचकिचलाई नित्यकर्म मानेर सहजरूपमा लिने । अनि पासा, यो सकल विवाहित पुरुषहरूको नियति हो है पासा ।

Nepal Telecom ad

के लत बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
(डा. प्रदीप मैनाली)

आजकलको अति चर्चित यो गजल नसुन्ने बिरलै होला, खास गरेर मेरो उमेरका, मेरो दाइभाइ उमेरकाहरू । अन्य आलाकाँचा उमेरकाले सुने सुनेनन् केही भन्न सकिन्न । यी उमेरकाहरूका केही केहीले त नारायणगोपाल नसुन्ने रहेछन्, नचिन्ने रहेछन् । उनीहरूको के कुरा गराई भयो र !

माथिको गजलले जे लतको कुरा गरेको भए पनि नाना थरिको लतले मानिसहरू बिग्रेको भने पक्का हो । उहिले एक राजकुमारलाई सेन्ट मेरिजको चक्कर काट्ने लत लागेको थियो, पद्म कन्या कलेजको वरपर चहार्ने लत लागेको थियो । कसैलाई त कालो पदार्थको लत थियोे भन्थे । यसरी विभिन्न लतमा फसेकाहरू कहिले लत छुट्ला, कहिले सुधार होला भन्छन् । अर्का थरि भने पैसा कमाउने लत लागेर मख्ख छन् । यिनीहरू दायाँबायाँ गरेर, तलमाथि गरेर, सिधा बाटोबाट अनि बाङ्गो गोरेटोबाट पैसा कमाउन व्यस्त छन् । यिनीहरू कहिले सुधार हुन्छ भनेर सोधपुछ गर्दैनन् । नचाहिंदो खोजखबर गरेर हिँड्न यिनीहरूसँग समय छैन, फुर्सत छैन । अर्का थरिको लत भनेको कसको के लत छ भनेर खोजतलास गरेर हिँड्नु हो ।

अब गरौँ, आफ्नो कुरा । मलाई अरूको लतको ‘छु मतलब’ ? म कुनै लततिर लागेकै छैन । स्पष्ट भन्नुपर्दा कुनै लत लगाउनै सकेको छैन, न राम्रोतिर लाग्न सकियो, न नराम्रोतिर । खासमा लत भनेको राम्रो नै हुँदैन । दानको लत लागेका दानवीर कणर्को विनाश दान गर्ने लतले निम्त्यायो । बली राजाको बेहाल पनि उनको लतले नै बनायो । त्यसैले केही कुराको लत नलगाउँ भनेको त्यो जुकेले फेसबुक भन्ने जिनिस बनाएर फसाई हाल्यो, फेसबुकतिर बरालिने बनाई छोड्यो । यसो हेर्दा फेसबुक हेरेको पनि हिसाबकिताब हुन्छ भन्नुहोला । जुकेको हिसाबकिताब हेर्नुस् न अनि आफै थाहा पाउनु हुनेछ । हाम्रो फेसबुकको लतले जुके अरबपति भएको छ । लत पनि चानचुने हो र ? बिहान आँखा मिच्दै कसले के पोष्ट गर्‍यो, के सन्देश पठायो हेर्न मन लागिहाल्छ । अफिसमा मौका मिल्नासाथ दुईचारजना साथीहरूको पोष्टिङ पढ्दै नपढी लाइक गर्न मन लाग्छ । राति सुत्ने बेला पनि आज कति लाइक, कमेन्ट कमाइयो गन्न मन लाग्छ । अनि यो चानचुने लत हो त ?

यतिमात्र कहाँ हो र ? अर्को पनि लत लागेको छ । खासमा यो लत हैन संस्कार हो । यो कुन लत पर्‍यो भन्नु भएको ? श्रीमतीजीको ‘हो’ मा हो मिलाउने र ‘हैन’ मा पनि हो मिलाउने । श्रीमतीजीको ठिकलाई ठिक भन्ने, बेठीकलाई पनि ठिक भन्ने । तिनको गन्थन, बकबकलाई दिव्योपदेश मानेर सुन्ने, दिनदिनैको किचकिचलाई नित्यकर्म मानेर सहजरूपमा लिने । अनि पासा, यो सकल विवाहित पुरुषहरूको नियति हो है पासा ।

अब अविवाहितको कुरा थालौँ । तिनीहरू त डा. प्रदीप मैनालीको गजल गाएर बस्छन् आफ्नो जोडीदार फकाउन । उनीहरू दोहराई तेहराई गाउँछन्-
के लत बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ…

हुन त गजलकार डा.साब उमेरले विवाहित देखिनु हुन्छ । तर, लेखाइले अविवाहित हुनुहुन्छ । त्यसैले यस्तो रोमान्टिक गजल लेख्नु भएको छ । म जस्तै अनुभवी, विवाहित हुनु भएको भए त्यस्तो हैन, यस्तो लेख्नु हुन्थ्यो-
के लत बस्यो तिमीलाई कहिले सुधार हुन्छ
किचकिच नगरे एकदिन तिम्रो के बिगार हुन्छ …
(प्यारोडी- प्रमोद अमात्य)

हैन त साथीहरू ? मखुला पासा ?

०००
पाटन, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पढैया नम्बर १ (भाग १)

पढैया नम्बर १ (भाग...

प्रमोद अमात्य
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
रयाङठ्याङ नमिलेर

रयाङठ्याङ नमिलेर

प्रमोद अमात्य
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x