साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजदुर

भगवान पनि भक्तको मजदुर हो किन कि भक्तको काम भगवानले गर्नुपर्छ । उसलाई भगवानको कुराले मन छोयो अनि मनमनै भन्यो “यी भगवान त कम्युनिस्ट रहेछन् अब अर्कै भगवानको तपस्या गर्छु ।

Nepal Telecom ad

सदैब
आमाको होटल र बाबुको लजमा बसेको ऊ
मेहेनत के हो
उसले कहिल्यै बुझेन ।

एक दिन उसले गाउँमा डुल्ने जोगीलाई
आफ्नो अगाडि रोकेर सोध्यो
“बिना मेहेनत कसरी बाँच्ने गुरु ?”
जोगीले उसको अल्छिपनालाई बुझे
अनि जवाफ दिए
“कठोर तपस्या गर ।”

ऊ खुसी भयो
तपस्या गर्दा न त खानु पर्ने
न त पिउनु पर्ने
न त कुनै काम गर्नु पर्ने ।

उसले कठोर तपस्या गर्‍यो
अनि उसको तपस्या देखि
भगवान प्रसन्न भएर
उसको अन्तर्मनमा आएर भने
“बालक के इच्छा छ वरदान माग ?”
उसले माग्यो
“मेहेनत कहिल्यै गर्नु नपरोस्”
तब भगवानले खुसी साथ उसलाई भने
“सदैब तपस्यामा लीन होऊ”
उसले प्रश्न तेस्र्यायो भगवानलाई
“किन भगवान ?”
भगवानले उत्तर दिए
“संसार मेहेनत र मजदुरले चलेको छ
तिमीले मेहेनत साथ तपस्या गर्‍यौ
त्यो तिम्रो मजदुरी थियो
भक्त भगवानको मजदुर हो
जसरी मजदुरले काम गरे बापत ज्याला पाउँछ
त्यसै गरी भक्तले भक्ति गरे बापत कर्मको फल पाउँछ ।

भगवान पनि भक्तको मजदुर हो
किन कि भक्तको काम भगवानले गर्नुपर्छ ।
उसलाई भगवानको कुराले मन छोयो
अनि मनमनै भन्यो
“यी भगवान त कम्युनिस्ट रहेछन्
अब अर्कै भगवानको तपस्या गर्छु ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आधा सत्य, आधा भ्रम- २३

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल
शास्त्र र घुस

शास्त्र र घुस

अर्जुन दाहाल
ट्राफिक नियम

ट्राफिक नियम

अर्जुन दाहाल
जाेर कविता

जाेर कविता

अर्जुन दाहाल
जोर कविता

जोर कविता

अर्जुन दाहाल
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x