साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम- २३

त्यसै ब्राण्डको रक्सी खपत गरिदिएकाले, लिकर स्टोरहरूमा स्टक टुट्ने सम्भावना बढेको छ रे। तर, वैकल्पिक व्यवस्था गर्न नहुने कुरा त कहाँ हो र ?

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

स्वदेशमा के छ, थाहा छैन, तर परदेशमा भने तीजले पूरै माहोल ढपक्कै छोपिसकेको छ। हप्ता भरि ब्यस्त भएर काम गर्ने अनि शनिबार–आइतबार जति सक्दो रमाइलो गर्दै तीज मनाउने ।

यहाँ त तीज चेलीबेटीहरूलाई मात्र होइन, चेलाबेटाहरूलाई पनि उत्तिकै रमाइलोसँग लाग्ने चाड भएको छ। महिला पार्टी नाचगान, पुरुषहरू पार्टी तास भेला ! तीजको बेला समुद्रको छेउदेखि बेस्मेन्टको कुनासम्म रातो सारीले सजिएको देखिन्छ—व्याकयार्डदेखि नजिकको पार्कसम्म।

अहिले अमेरिकामा साडी र गहना पसलहरू पनि सजिलै पाइन्छन्। अनलाइन पसलहरूले त किनमेललाई झनै सहज बनाइदिएका छन्। नेपाली भाइ तथा छोराहरूले विदेशी नानीहरूसँग प्रेम सम्बन्ध गाँसेका कारण हुनसक्छ, धेरै अमेरिकी महिलाहरूले पनि साडी–चोली लगाउन थालिसकेका छन्। कहिलेकाहीँ त लाग्छ—नेपालीहरूलाई चाहिँ सहयोग चाहिन्छ कि जस्तो!

अहिले अमेरिकामा तीज चाड यति लोकप्रिय बनिसकेको छ कि अमेरिकी सरकारले सार्वजनिक बिदा दिने विषयमा छलफल भइरहेको भन्ने हल्ला समेत छ। ‘बिदा दिनुपर्छ’ भनेर ह्वाइट हाउसमा निवेदनसमेत दर्ता भएको सुनिन्छ। अब समस्या त अमेरिकी सरकारलाई नै परेछ—डेढ-दुई महिना मनाइने चाडको बिदा कुन दिन दिने भन्ने !

अलिक कठिनाइ त स्कट ब्राण्डको रक्सीको अभावमा देखिएको हो भन्ने सुनिएको छ। धेरै नेपालीले तीजको अवसरमा त्यसै ब्राण्डको रक्सी खपत गरिदिएकाले, लिकर स्टोरहरूमा स्टक टुट्ने सम्भावना बढेको छ रे। तर, वैकल्पिक व्यवस्था गर्न नहुने कुरा त कहाँ हो र ?

हामी हाम्रो मौलिक संस्कृतिलाई जोगाउँदै, आवश्यक परेमा अन्य संस्कृतिका राम्रो पक्षहरू समेट्दै अगाडि बढिरहेका छौं। जे भए पनि, हाम्रो माटो र संस्कृति टेकेरै अगाडि बढेका छौं— भुइँ त छोडिएको छैन क्यारे।

जय होस् !

०००
व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्  ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शास्त्र र घुस

शास्त्र र घुस

अर्जुन दाहाल
ट्राफिक नियम

ट्राफिक नियम

अर्जुन दाहाल
जाेर कविता

जाेर कविता

अर्जुन दाहाल
जोर कविता

जोर कविता

अर्जुन दाहाल
भिसा

भिसा

अर्जुन दाहाल
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x