साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिसा

ऊ आफ्नो भिसा थप गर्न फेरि यही आएर अर्को बोतल पिउँदछ, समाजको लागि ऊ निरन्तर भिसा थप्ने परराष्ट्र जानकार हो ।” सबैले बोले “भिसा जिन्दावाद” ।

Nepal Telecom ad

अर्जुन दाहाल :

उसले छेउको रक्सी बोतल पकड्यो
अनि बोल्यो
अब विदेश भ्रमणमा जाने हो,
अनि एकै घुटकोमा
घुटु घुुटु पिएर
बोतल रित्त्यायो ।
उसले बोल्यो
मैले एक बोतल भिसा लगाए ।
छेउको व्यक्तिले बोल्यो,
ऊ अब फ्लाईट- मोडमा छ,
अटो- पाईलट अवस्थामा
ऊ हिँड्छ, डुल्छ, गाउँदछ,
उसले लगाएको भिसामा
ऊ विश्वको सम्पूणर् देश भ्रमण गर्न सक्छ,
अनि चाहँदा
ब्रह्माण्ड पनि ।
छेउको अर्को व्यक्तिले त्यस पहिलो व्यक्तिलाई सोध्यो
“ऊ को हो ?”
त्यसपछि पहिलो व्यक्तिले बोल्यो
“ऊ ईश्वर को साक्षी हो,
एक चेतन र अर्ध- चेतन प्राणीको अवस्था
अब केही समय पश्चात
ऊ आफ्नो भिसा थप गर्न
फेरि यही आएर
अर्को बोतल पिउँदछ,
समाजको लागि
ऊ निरन्तर भिसा थप्ने
परराष्ट्र जानकार हो ।”
सबैले बोले
“भिसा जिन्दावाद” ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा सत्य, आधा भ्रम- २३

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल
शास्त्र र घुस

शास्त्र र घुस

अर्जुन दाहाल
ट्राफिक नियम

ट्राफिक नियम

अर्जुन दाहाल
जाेर कविता

जाेर कविता

अर्जुन दाहाल
जोर कविता

जोर कविता

अर्जुन दाहाल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x