साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रे ठो‍क्तक

यहाँ जात्रा छ, जहिलेसुकै जात्रा छ सडकमा, सदनमा जहाँसुकै जात्रा छ जात्रा नभएको त्यस्तो कुनै दिन छैन यहाँ आज पनि जात्रा छ, गाईजात्रा छ ।

Nepal Telecom ad

दिव्य गिरी :

१.
पढ्न नसकेर के भो ? मेरो भाषण जमेकै छ
मन नपरेर के भो ? मेरो आसन जमेछै छ
भाग्यमा लेखेर ल्याउनु पर्छ मोजमस्ती गर्न
यहाँ दसकौँदेखि मेरो शासन जमेकै छ ।

२.
यहाँ भाइ भाइ फुटाएर राजनीति गर्न पाइन्छ
यहाँ जाति जाति जुधाएर राजनीति गर्न पाइन्छ
यो भन्दा अर्को सजिलो उपाए अर्को केही छैन
यहाँ झोले झो‍ले जुटाएर राजनीति गर्न पाइन्छ ।

३.
दसकौँदेखि सत्ताकै निम्ति अपहत्ते गर्नेको ताल हेर
म यो देशलाई सिङ्गापुर बनाउँछु भन्नेको चाल हेर
फिस्टोक‍ो खुट्टा हेर्दै था हुन्छ बाँस तल कति नुहिन्छ
कुर्सीको लागि आफू आफैमा झडप हुँदाको बबाल हेर ।

४.
यहाँ जात्रा छ, जहिलेसुकै जात्रा छ
सडकमा, सदनमा जहाँसुकै जात्रा छ
जात्रा नभएको त्यस्तो कुनै दिन छैन
यहाँ आज पनि जात्रा छ, गाईजात्रा छ ।

५.
दूधको साक्षी ढाडे भएपछि के लाग्छ ?
आफ्नै साथी गाँडे भएपछि के लाग्छ ?
जसलाई विश्वास गरे नि धोका पाइने
कानुन निर्माता साँढे भएपछि के लाग्छ ?

०००
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x