साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश -५२)

मायाप्रेम अनन्त चल्छ उनमा एक्लो नहोस् जीवन । छन् संवेग समान बुझ्न म सकूँ सम्पूर्ण जानोस् मन ।। एकाङ्गी मन हुन्न वृद्ध जनको जाने छ राम्रो हुने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।

Nepal Telecom ad

दीनानाथ पोख्रेल : 

खाना स्वस्थ लिने दिए सीप ठुलो विज्ञानका पारखी।
सच्चा जीवन धान्न योग्य पथका हुन् कर्मका सारथि ।।
दुख्छन् मानव नित्य ज्ञान हितको त्यागे र बिर्से भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।५१।।

यी सन्तान रमून् गमेर मनले आफू खटेका कुरा ।
आफ्नै सन्तति अग्लिऊन् मन लिई शिक्षा दिएथे पुरा ।।
मान्छे बन्न सकिन्न बुझ्नुछ स्वयम् सम्मान बिर्स्यो भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।५२।।

सक्छन् उठ्न स्वयम् जमेर भवमा आधार मैले दिए ।
आफ्नै चल्दछ वासना मगमगी हाँसेर वाणी दिए ।।
बाटो योग्य खनी हिँडाउन सकूँ यो ज्ञान पक्रेँ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।५३।।

चल्छन् वर्ष र बार नित्य महिना जाे भुल्छ बेला गति ।
त्याे हाे मूर्ख बडाे कुमानव भनी भन्छन् बुझेका जति ।।
जे छन् शाश्वत बुझ्न ख्याल नगरे लाटाे समानै बनेँ ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।५४।।

मायाप्रेम अनन्त चल्छ उनमा एक्लो नहोस् जीवन ।
छन् संवेग समान बुझ्न म सकूँ सम्पूर्ण जानोस् मन ।।
एकाङ्गी मन हुन्न वृद्ध जनको जाने छ राम्रो हुने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।५५।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x