साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होनहार नेताको अन्त्य

सरम छाड्यो, लाजघिन पचायो खाँदा खाँदा ऊ यति अनुभवी भयो कि आफ्नै पार्टी, आफ्नै नेता आफ्नै जनता र आफ्नै देशलाई समेत ठाडै निलुँला झैं गरी आँ... गरेर मुख बायो ।

Nepal Telecom ad

ऊ साह्रै होनहार थियो
प्राइमरी स्कूलमै पढ्दाखेरि ‘खैनी’ खायो
हाईस्कूलमा पुग्यो र ‘चुरोट’ सल्कायो
क्याम्पस पुगुन्जेल त उसले
आफ्नो प्रतिभामा ‘चार चाँद लगायो
र आफूलाई ‘ड्रग एडिक्ट’ नै बनायो
ऊ तलैदेखि उठेको लगनशील व्यक्ति
‘सेल्फमेड’ व्यक्तित्व सङ्घर्षशील नेता
उसले कदम अझै अगाडि बढायो
अलिकति नोटसोट चढायो
अलिकति सम्पर्क बढायो
एउटा पार्टीको निकट पुगेर
सांसदको टिकट पनि पड्कायो
पाटीमा बसेर ‘ह्यासिस’ तान्ने मान्छे
पार्टीमा पुगेर ‘थेसिस’ सुनाउन लाग्यो
उसले अब मन चित्त महाभोजमा लगायो
पशुको आहारा पनि खायो
पंक्षीको चारा पनि चपायो
आफैले ताली बजायो
सरम छाड्यो, लाजघिन पचायो
खाँदा खाँदा ऊ यति अनुभवी भयो कि
आफ्नै पार्टी, आफ्नै नेता
आफ्नै जनता र आफ्नै देशलाई समेत
ठाडै निलुँला झैं गरी
आँ… गरेर मुख बायो
त्यैबेला, ठीक त्यही बेला
ढ्याङ्ङ… कसैले बन्दुक पड्कायो
“अब तू गोली खा”
उसलाई कुनै अज्ञात व्यक्तिले
गब्बर सिंहको फिल्मी ‘डाइलग’ पो सुनायो ।

०००
एक दनक’ (२०५९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x