बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

होनहार नेताको अन्त्य

सरम छाड्यो, लाजघिन पचायो खाँदा खाँदा ऊ यति अनुभवी भयो कि आफ्नै पार्टी, आफ्नै नेता आफ्नै जनता र आफ्नै देशलाई समेत ठाडै निलुँला झैं गरी आँ... गरेर मुख बायो ।

Nepal Telecom ad

ऊ साह्रै होनहार थियो
प्राइमरी स्कूलमै पढ्दाखेरि ‘खैनी’ खायो
हाईस्कूलमा पुग्यो र ‘चुरोट’ सल्कायो
क्याम्पस पुगुन्जेल त उसले
आफ्नो प्रतिभामा ‘चार चाँद लगायो
र आफूलाई ‘ड्रग एडिक्ट’ नै बनायो
ऊ तलैदेखि उठेको लगनशील व्यक्ति
‘सेल्फमेड’ व्यक्तित्व सङ्घर्षशील नेता
उसले कदम अझै अगाडि बढायो
अलिकति नोटसोट चढायो
अलिकति सम्पर्क बढायो
एउटा पार्टीको निकट पुगेर
सांसदको टिकट पनि पड्कायो
पाटीमा बसेर ‘ह्यासिस’ तान्ने मान्छे
पार्टीमा पुगेर ‘थेसिस’ सुनाउन लाग्यो
उसले अब मन चित्त महाभोजमा लगायो
पशुको आहारा पनि खायो
पंक्षीको चारा पनि चपायो
आफैले ताली बजायो
सरम छाड्यो, लाजघिन पचायो
खाँदा खाँदा ऊ यति अनुभवी भयो कि
आफ्नै पार्टी, आफ्नै नेता
आफ्नै जनता र आफ्नै देशलाई समेत
ठाडै निलुँला झैं गरी
आँ… गरेर मुख बायो
त्यैबेला, ठीक त्यही बेला
ढ्याङ्ङ… कसैले बन्दुक पड्कायो
“अब तू गोली खा”
उसलाई कुनै अज्ञात व्यक्तिले
गब्बर सिंहको फिल्मी ‘डाइलग’ पो सुनायो ।

०००
एक दनक’ (२०५९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चार दनक

चार दनक

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
पाँच ठोक्तक

पाँच ठोक्तक

नवराज कार्की
दाह्री

दाह्री

नवराज कार्की
मुस्किल छ !

मुस्किल छ !

नवराज कार्की
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी