सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गठबन्धन गरौँ

खुराफातीमा माहिर हाम्रा महामहिम नेताहरूको समुह बनाऔं अनि हाम्रो टुटेफुटेको, धमिलिएको, नाङ्गिएको विगतलाई ढाकछोप गरेर एउटा नयाँ घोषणापत्र तयार पार्न लगाऔं ।

Nepal Telecom ad

नारायण भट्टराई :

आउँ साथीहरू एउटै मोर्चामा गोलबन्द हौँ । मन मिलाउनु पर्दैन । मिल्दा पनि मिल्दैन । मिलाउनु परेको पनि छैन । तर हात मिलाउँ । एउटा लाइनमा उभिउँ । हातका पञ्जाको गाँठो बनाउँ । हाम्रा हातका पञ्जाको गाँठो एकै पटक आकाश तर्फ उठाउँ । सबै एकै पटक हाँसे जस्तो गरौँ ।

यस्तो अभिनय गरौँ हाम्रो मनको कपट अनुहारमा पटक्कै नदेखियोस् । यति राम्रा र मिठा भाषण गरौँ र मान्छेलाई मत्रमुग्ध पारौं जसले गर्दा उनीहरूले हाम्रा दागहरूलाई र अक्षमताका इतिहासलाई सम्झिनै नसकुन् । हाम्रो दिब्य अनुहार र जादुमयी विकासे प्रवचन सुनेर उनीहरू फेरि पनि हामीलाई नै निर्वाचित गर्न आतुर होउन् । केवल हाम्रो जय जय कार मात्र गरिरहुन् ।
पत्रकारले फोटो खिच्ने छन् अनि पत्रिकाका भित्ताभरी हाम्रो गठबन्धनको विज्ञापन गरिदिने छन् । कार्यकर्ताहरू लाइभ जानेछन् । हाम्रो ऐतिहासिक स्वार्थ मिलनको भिडियोले सामाजिक सञ्जाल ढाकिदिने छन् । जताततै हामी मात्र छाए जस्तो, हाम्रो मात्र रजगज चले जस्तो, हाम्रा मात्र मानिस भए जस्तो, हाम्रो मात्र कुरा बिके जस्तो अभिनय गरौँ र कार्यकर्तालाई पनि त्यही प्रशिक्षण दिउँ ।

बनाउनु पर्छ । छोड्नु हुँदैन साथीहरू हो । डराउनु हुँदैन साथीहरू हो । हाम्रा कत्रा दुखले आर्जेको हाम्रो गरिखाने भाँडो- हाम्रो राजनीति- हामी जिउँदो रहुन्जेल अरुलाई दिन हुँदैन । त्यसैले गठबन्धन गरौँ । फेरि पनि मिले जस्तो गरौँ । यो अन्तिम अवसर हुन सक्छ । जसरी हुन्छ पदमै बसेको बेला यमलोक जान पाइयो भने यमराजलाई पनि थर्काएर कुनै पद हत्याउन पाइन सक्छ । त्यसो गर्दा तिनै लोकमा नेता हुन पाइने सम्भावना हुन्छ- पृथ्बी, स्वर्ग र नर्क । स्वर्गको केही टुङ्गो छैन तर पनि पृथ्वी र नर्कको चाहिं पक्कै भइन्छ ।

यी हिजो अस्ति आएका आलाकाँचा ठिट़ाहरूले हाम्रो पाकेटको राजनीतिमा धावा बोल्न थालेका छन् । हामीलाई जताततैबाट पोल्न थालेका छन् । हाम्रो काठमाडौँको मलिलो गरिखाने भाँडो त्यो बालेन भन्ने र्‍यापरले खाइदियो । हेर्दाहेर्दै फोहरमा राजनीति गर्न पाउन छोडियो । खोला र नदी किनारमा दुखकस्ट सहेर बसेका हाम्रा लागि थोरै दाममा नारा लगाइदिने, ढुङ्गा हानी दिने, गोली खाई दिने हामीमा आश्रित सुकुम्बासी साथीहरूलाई त्यहाँ बस्न नदिने भन्छ रे !

हाम्रा कार्यकर्ताको काठमाडौँमा घर छैन, उसलाई चाहिँं नदि सफा बनाउनु पर्ने ? उता धरानमा हर्क भन्नेले सबै हाम्रा कार्यकर्तालाई भड्काएर काममा लगायो रे ! प्रविधिको युगमा मान्छेलाई ढुङ्गा बोक्न लगाएर बल्लबल्ल हामीले एक्काईसौं शताब्दीमा पुर्‍याउन लागेका मानिसलाई ढुङ्गे युगमा फर्काउने प्रयत्न गर्‍यो रे ! काकाकुल धरानबासीलाई पानी ख्वायो रे ! त्यत्रो टाढाबाट पानी ल्याउने अनि पानी ल्याएको दिन रिवन काट्न हामीलाई नबोलाउने ! यो रबि भन्नेलाई त झन् रोक्नै गाह्रो भैरहेको छ । विवादमा पार्न खोज्यो झन् पपुलर हुदै गैराछ ।

त्यसैले साथीहरू हो ! आउँ गठबन्धन गरौँ । एउटा भाँडतन्त्रवादी गठबन्धन । झुटको खेती कसरी सपार्न सकिन्छ भन्ने बारेको एउटा बलियो दस्ताबेज तयार पारौं । खुराफातीमा माहिर हाम्रा महामहिम नेताहरूको समुह बनाऔं अनि हाम्रो टुटेफुटेको, धमिलिएको, नाङ्गिएको विगतलाई ढाकछोप गरेर एउटा नयाँ घोषणापत्र तयार पार्न लगाऔं । ठूलो ठूलो आवाज गरौँ । ठूला ठूला कुरा गरौँ । मिलेर चुनाव लडौं । कसैलाई विदेश पठाई दिने भनौं, कसैलाई जागीरको आश्वासन दिऔं, कसैलाई सुन बाडौं तर जसरी पनि हामीले नै जित्ने वातावरण बनाऔं ।

आऔं साथीहरूको गठबन्धन गरौँ । जीवन मरणको सवाल छ- मिले जस्तो नगरी हामीलाई सुखै छैन ।

०००

अल्वानी, क्यालिफोर्निया

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
फेरिँदै जानु भा छ रिटायर बा

फेरिँदै जानु भा छ...

नारायण भट्टराई
यस्तै छ हजुर यहाँको चलन

यस्तै छ हजुर यहाँको...

नारायण भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

नारायण भट्टराई
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई