साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे भने घटेछ !

खेप्दै छ घाम आगो यसको रहस्य के हो ? चर्चा गलीगलीमा यै बूँदको चलेछ !

Nepal Telecom ad

बूँद राना :

कल्ले बताउला खै कसको मिजास के छ ?
हेर्दै छु भीडलाई आँखा तरी रहेछ !

चन्दन भनेर राखेँ माटो निधार माथि
भन्दै थिए पुजारी यो भक्त खुस्किएछ !

आक्रान्त जिन्दगीका थुप्रै थिए गुनासा
हो त्यै बटुल्न थालेँ यो सिर्जना फुरेछ !

झोँसिन्छ खै कहाँ गै थाहा भए त हुन्थ्यो
लक्का जवान देखें आगो भई कुदेछ !

धानी नसक्नु मान्छे धानी रहेछ धर्ती
हो खास भन्नलाई मान्छे भने घटेछ !

खेप्दै छ घाम आगो यसको रहस्य के हो ?
चर्चा गलीगलीमा यै बूँदको चलेछ !

०००

भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x