साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाम लेखाउने कुरा

आजकल तिलहरीमा नाम लेख्ने चलन आएछ । अझ भएन भनेर जलहरीमा समेत नाम लेख्ने चलन आएछ । गरिखानु नपर्ने तर लेखाई टोपल्नु पर्ने गज्जबको यो चलन तपाईलाई कस्तो लाग्यो कुन्नी भन्दिनुस त लौ ?

Nepal Telecom ad

विश्व विनोद :

नाम पनि अचम्मको हुन्छ, कहिँ न कहिँ लेखाउनै पर्छ, देखाउनै पर्छ । नाम लेखाउने कुरा ठाम विशेष मिले ठिकै हो, काम बिशेष मिले ठिकै हो तर कहिलेकाँही नामले नै असाध्यै झ्याउ लगाउँदो रहेछ यदि नाम लेखियो भने ।

गत साल साथी भाईको बीचमा बसेर तीन बुके फेट्दै थिएँ । हरेक साथी भाईको नाम र थर नै लेखेर मज्जाले माल काट्दै हेर्दै थियौं । कुन मोराले सन्को लगाएछ कुन्नि प्रहरीले हामी बसेको घरलाई तीन फन्को लगाएछ अनि झ्याप्पै पारेर समातिहाल्यो । मैले तीन बुके खेलेको हैन भन्न नपाई मेरो गोजीमा भएको परिचय पत्र र कागजमा माल आएको ठाउँमा लेखेको नाम भिडाउँदा मिलि त गो अनि त्यो तिहार भर अड्डा घरको भद्दा बसाई भै हाल्यो । देख्नु भयो नि नाम लेख्दाको काईदा ।

त्यस्तै आठ नौ कक्षामा पढेको बेला हुँदो हो, गाउँको डिलमा समिको चौतारो थियो । पुरानो रुख ढलेकोले नयाँ समिको बिरुवा कसैले सारेको थियो । कमलो बोक्रा भएकोले त्यसलाई खुर्कदै भकाभक हामीले नाम लेख्न थाल्यौं । आहा ! त्यहाँ नाम खोपिँदा यति आनन्द भयो नि । तर भोली पल्ट गाउँको मिटिङ बसेछ । बल्ल बल्ल हुर्कन लागेको बिरुवामा हाम्रो नाम देखे पछि भद्र भलाद्मीको टोलीले हामीलाई समातेर बिस पटक उठबस गरायो । अनि दिनहुँ एक महिनासम्म गएर त्यो रुखमा पानी हाल्ने बनायो । नामै लेख्दाको हरकतले यस्तो पो बनायो त हौ ।

आमाले बजार बाट भाँडा किनेर ल्याउँदा बा को नाम खोपेर ल्याउनु हुन्थ्यो । एक दिन घरको भाँडो हरायो । पल्लाघरे साहिँली आमैकहाँ पुगेको होला भन्ने अनुमान थियो । केही महिनापछि डुल्दै हिँड्दा तल्ला घरे काईँला बाजेको घरमा पो त्यो भाँडो बिराजमान रहेछ । बुढाले त्यो भाँडो आफ्नै भनेर ढिपि गर्दा भाँडमा खोपिएको लिपी देखाएर मात्र भाँडो फिर्ता भयो । कहिलेकाँही लेख्दा चाहिँ फाईदा नै हुँदो रहेछ ।

पहिले पढ्न बस्दा होस्टेलमा पनि बसियो । खास गरि पेन्टी हराउन थालेपछि मलाई निकै चिन्ता लाग्न थाल्यो । हरेक पटक नयाँ पेन्टी फेर्नेमा मै पर्दथे किनकी मेरो पेन्टी निकै हराउँथ्यो । अब त भएन भनेर पेन्टीमा नमेटिने गरि गोप्य तरिकाले नाम लेखेर सुकाएँ । तर पनि त्यो चोरी भयो । तर पछि चोर चाहीँ पत्ता लाग्यो है, पल्लो कोठामा बस्ने शान्तीले मेरो पेन्टी गज्जबले चोर्दी रहेछिन् । नाम सहितको पेन्टी पत्ता लागेपछि सबैको सामुन्ने बकाउँदा उन्ले मेरो एक दर्जन पेन्टी चोरेकी रहेछिन् । अब अर्काले लगाएको पेन्टी के लगाउनु भनेर उनैलाई दान पो दिएको थिएँ मैले त्यो बेलामा ।

आजकल तिलहरीमा नाम लेख्ने चलन आएछ । अझ भएन भनेर जलहरीमा समेत नाम लेख्ने चलन आएछ । गरिखानु नपर्ने तर लेखाई टोपल्नु पर्ने गज्जबको यो चलन तपाईलाई कस्तो लाग्यो कुन्नी भन्दिनुस त लौ ? देश परिवर्तनको सकारात्मक पाईला चालेको भए त जनताले आफैं मनमा नाम लेख्थे होलान् हैन र ? हुन त अस्ति विदेशले दिएको मुर्रा भैंसीको ढाडमा पनि नाम लेख्न नमिलेर नलेखेको होलान् । तर मुर्रा भैंसीले जन्माएको पाडा पाडीको नाम चाहिँ यिनै नेताको नाममा राख्नु पर्छ ल । तारेमाम् !

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
0
Would love your thoughts, please comment.x
()
x