साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हारेका वृष

बोकी खन्जर भाला वैरी दम्भ भगाई, हिँड्छन् को अघिसर्दै खाँडो भव्य जगाई, आज्ञा पालक बन्दै बस्छन् माथ नुगाई, हारेका वृष झैँ जो भाग्छन् छेर चुहाई ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

ज्यादा वीर धरामा नेपाली सब भन्थे
हिँड्थे खड्ग उचाली वैरीको जड खन्थे
बस्छन् आज सबै नै उच्चा साख गुमाई
हारेका वृष झैँ जो भाग्छन् छेर चुहाई ॥१

देख्दा शोषक पापी सातो खान डराई
बारम्बार उनैको गाथा गौरव गाई
गर्छन् पूजन भारी उल्टै लाज पचाई
हारेका वृष झैँ जो भाग्छन् छेर चुहाई ॥२

जो छन् शेर बनेका आफ्ना ती जनतामा
देख्दा नूर छिमेकी फेरिन्छन् नि मुसामा
के सक्छन् भन नाथे गर्नै राष्ट्र भलाइ ?
हारेका वृष झैँ जो भाग्छन् छेर चुहाई ॥३

राख्ने मान धराको छैनन् रे अगुवा ती
चुच्चो अन्त मिलाई गर्छन् निणर्य घाती
माटो चिन्न नसक्ने के पो गर्छ रजाइँ ?
हारेका वृष झैँ जो भाग्छन् छेर चुहाई ॥४

बोकी खन्जर भाला वैरी दम्भ भगाई
हिँड्छन् को अघिसर्दै खाँडो भव्य जगाई
आज्ञा पालक बन्दै बस्छन् माथ नुगाई
हारेका वृष झैँ जो भाग्छन् छेर चुहाई ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x