साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

स्वार्थ माथि स्वार्थ खप्टिएको यो जमानामा जतिसुकै आराधना गरे पनि कहाँ बुद्ध पाइन्छ ।

Nepal Telecom ad

किरण रिजाल ‘अन्जान’ :

१.
तलदेखि माथिसम्म भ्रष्टकै पो जाल छ
माकुराको जाल भित्र झिगाकै पो काल छ
जता हेर्यौ बहुरुपिया भरोसा नै उठिसक्यो
संसारको अभागी हजुर यै देश नेपाल छ ।

२.
को को कति होलान् जान्ने बेला आइसक्यो
राम्रा एकातिर कुहिएका छान्ने बेला आइसक्यो
लौ ! अब झटपट गरि समय ब्यतित नगरी
सिरुपाते हातमा लिइ हान्ने बेला आइसक्यो ।

३.
टेलर टेलर भन्दैमा यसले हल दिन्न नेताज्यू
बक्मफुसे गफले अब कसैलाई छुन्छ नेताज्यू
जब लुगा सिउने दर्जी नै गतिलो भएन भने
राम्रै कपडा पनि शरीरमा फिट हुन्न नेताज्यू ।

४.
पञ्चामृत पनि भने जस्तो कहाँ शुद्ध पाइन्छ
जहाँ सिनो भेटिन्छ त्यहीँ पो गिद्ध पाइन्छ
स्वार्थ माथि स्वार्थ खप्टिएको यो जमानामा
जतिसुकै आराधना गरे पनि कहाँ बुद्ध पाइन्छ ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x