सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार ठोक्तक

स्वार्थ माथि स्वार्थ खप्टिएको यो जमानामा जतिसुकै आराधना गरे पनि कहाँ बुद्ध पाइन्छ ।

Nepal Telecom ad

किरण रिजाल ‘अन्जान’ :

१.
तलदेखि माथिसम्म भ्रष्टकै पो जाल छ
माकुराको जाल भित्र झिगाकै पो काल छ
जता हेर्यौ बहुरुपिया भरोसा नै उठिसक्यो
संसारको अभागी हजुर यै देश नेपाल छ ।

२.
को को कति होलान् जान्ने बेला आइसक्यो
राम्रा एकातिर कुहिएका छान्ने बेला आइसक्यो
लौ ! अब झटपट गरि समय ब्यतित नगरी
सिरुपाते हातमा लिइ हान्ने बेला आइसक्यो ।

३.
टेलर टेलर भन्दैमा यसले हल दिन्न नेताज्यू
बक्मफुसे गफले अब कसैलाई छुन्छ नेताज्यू
जब लुगा सिउने दर्जी नै गतिलो भएन भने
राम्रै कपडा पनि शरीरमा फिट हुन्न नेताज्यू ।

४.
पञ्चामृत पनि भने जस्तो कहाँ शुद्ध पाइन्छ
जहाँ सिनो भेटिन्छ त्यहीँ पो गिद्ध पाइन्छ
स्वार्थ माथि स्वार्थ खप्टिएको यो जमानामा
जतिसुकै आराधना गरे पनि कहाँ बुद्ध पाइन्छ ।

०००
विराटनगर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
कसले सुन्छ ?

कसले सुन्छ ?

किरण अन्जान
यहाँ के छैन ?

यहाँ के छैन ?

किरण अन्जान
बुढो कौवा

बुढो कौवा

किरण अन्जान
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी