साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेड कुत्ता

हामी छुट्याउन सकेनौँ, मालिकले कुत्ताको सेवा बढी गर्छन् कि कुत्ताले मालिकको । कुत्ता मालिकले आफ्नो मालिकको सेवामा दिनहुँ खटिनुपर्थ्याे, कुत्तासेवाबाहेक ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

मेरा एक छिमेकीलाई कुत्ता पाल्ने सोख थियो । लोकल, स्वदेशी र विदेशी गरी सबै किसिमका कुत्ताको संग्रह नै पालेको थियो । उसलाई सबै कुत्ता प्यारो थियो । अनेक रङ, उचाई, आकार र तौलका कुत्ताहरूको समूह साँच्चिकै समावेशी थियो । सबै कुत्ता प्यारो थियो उसलाई ।

कोही भुक्थ्यो, कोही लुक्थ्यो । कोही खोक्थ्यो, कोही हल्का टोक्थ्यो । कुनैलाई उसले बोक्थ्यो त कुनैलाई ठोक्थ्यो । अनेक चरित्रका कुत्ताहरू विचित्र थिए ।

एक दिन कुत्ताहरूमा म ठूलो हुँ भन्ने पर्न गयो । जिउ ठूलो हुने कुत्ता, रौँ ठूलो हुने कुत्ता, भुकाइ ठूलो हुने कुत्ता, सबैलाई दबाउन सक्ने कुत्ता आदिले आफूलाई ठूलो भएको दाबी पेश गरे । कुत्ताहरूमा मेल हुन नसकेपछि मालिकले जसलाई ठूलो मान्छ उही हुने भयो । पहिलेदेखि मालिकलाई रिझाउने बानी परेका कुत्ताहरूले झन् खुसी पार्ने प्रतिस्पर्धामा उत्रिए ।

मालिकको सेवा गर्न कुत्ताहरू तँछाडमछाड गर्न थाले । एउटाले भुक्यो, – मालिक, म कम्तीमा सहायक कुत्ता हुन पाऊँ ।

अर्कोले आग्रह गर्‍यो, – मलाई मुख्य सहायक कुत्ता नियुक्त गरिबक्सियोस् ।
मालिकनेर कुनै कुत्ताले हेड कुत्ता नियुक्तिका लागि आग्रह गर्ने आँट गर्न सकेन । नयाँ नयाँ पद सिर्जना गरेर आफूलाई मुख्य सेवक भनेर चिनाइदिन मात्र खोज्यो ।

मालिकको व्यवहार परिवर्तन भयो । मालिकलाई लाग्यो, कुत्ताहरू बौलाए । सतर्क हुनुपर्छ ।
केही नसुने झैँ गरेपछि कुत्ताहरूलाई लाग्यो, मालिक बौलायो । सेवाको नै पचेन ।

छिमेकीहरू हामी एक बिहान चिया खान बस्यौँ । कुत्तामालिक चैँ थिएनन् । हामी छुट्याउन सकेनौँ, मालिकले कुत्ताको सेवा बढी गर्छन् कि कुत्ताले मालिकको । कुत्ता मालिकले आफ्नो मालिकको सेवामा दिनहुँ खटिनुपर्थ्याे, कुत्तासेवाबाहेक ।
कुत्ता र मालिकमा हेड कुत्ता चाहिँ चिन्यौँ ।

०००
गरुडा, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x