साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देख्दा लाग्छ उदेक

कविताले खान लाउन केके दियो भन ?, तिम्रो गन्थनमन्थन छाप्दा लाग्यो धेरै ऋण, कहिले फिर्ला तिम्रो बुद्धि कहिले उठ्ने माथि ?, लागेन खै आङमा घाम सधैँ देख्छु राति ।

Nepal Telecom ad

ललिता दोषी :

अनौठो छ हर्नुहोस् हजुर मेरो घरको चाला
यस्तो हरिलट्ठकसँग क्यारी जीवन जाला ?
घरमा अन्न गेडा छैन ल्याउँछन् पुस्तक ठेली
भोको पेटमा रमाउँछन् त्यही पुस्तक हेरी ।

बिहेपछि आँसु पिएँ सधैँ पाइनँ है खुसी
भुसुनाले लात्ती हान्दा हेर्छु टोलाई बसी
अहो ! कस्तो कस्तो नशा छक्कै परेँ म त
खानु, पिउनु वास्तै छैन लेख्नुमै छ लत ।

एउटा खोस्टा ल्याएका थे त्यही हेरी बस्छन्
ठूलैै मान्छे बन्छु भन्दै सधैँ घुँडा धस्छन्
व्यापारीलाई दिनु भन्दा कवि छाने बाउले
घरीघरी दागा धर्छ त्यही कान्छा साहूले ।

दुई-चार अक्षर पढ्या नेता हिँड्छन् कार चढी
पिएचडी पो गरेँ भन्छन् छैन एउटा घडी
नेताज्यूका छोराछोरी अमेरिका, जापान
हाम्रा छोराछोरी भोक्कै उनकै सानमान ।

कविताले खान लाउन केके दियो भन ?
तिम्रो गन्थनमन्थन छाप्दा लाग्यो धेरै ऋण
कहिले फिर्ला तिम्रो बुद्धि कहिले उठ्ने माथि ?
लागेन खै आङमा घाम सधैँ देख्छु राति ।

आदर्शले नभरिने रैछ बूढा पेट
तिम्रो हठी बानी देख्दा लाग्छ है उदेक
छैन खुसी मनभित्र आगो बलिरहन्छ
जीवन भयो शून्य बगर दुनियाँले भन्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x