सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मलाई ढाँट्नु छैन बा ।

तिम्रो फोटो घरि घरि हेर्नु भनेको आत्मग्लानीले जल्नु हो । तिमी कसरी जल्यौ थाहा छैन तर जसरी जले पनि मरे पछि जल्यौ । तिम्रो फोटो हेरे पछि मलाई त जिउँंदै जलन हुन्छ ।

Nepal Telecom ad

नारायण भट्टराई :

अब चाहिँ तिमीलाई ढाँट्दिन बा, मैले खासमा कुसे औंसीमा सम्झिनु पर्ने आज सम्झेँ । फुर्सद भएन । सबैले फेसबुकमा फोटा हाले । श्रद्घाञ्जली भने । आशिर्वाद मागे । मैले चाहिँ त्यस्तो केहि पनि गरिनँ । जिउँदो हुँदा आशिर्वाद पाइन्थ्यो । माया पाइन्थ्यो । हौसला र सल्लाह पाइन्थ्यो । तर तिमीलाई भेट्न आउने फुर्सद भएन । तिम्रो तिर्खा मेट्न जुस ख्वाउने समय मिलेन । कुनै दशैमा टिकट पाइएन । कुनै छुट्टीमा व्यस्त भइयो । मरेका मान्छेसँग आशिर्वाद मागेर मूर्ख हुन मन लागेन ।

फेरी तिम्रो फोटोमा श्रद्घाञ्जलीको सस्तो माला झुन्ड्याएर फेसबुकको भित्तामा टाँस्न लाज लाग्यो । तिम्रो बुढेसकाल भरी तिम्रो लागी सस्तो सामान खोजेर हिँडियो – सस्ता लुगा, सस्ता जुत्ता, सस्ता खानेकुरा, सस्तो वृद्घाश्रम । अब त तिमीले इहलीला प्राप्त सक्यौ । एकपटक त सबैले श्रद्घाञ्जली अर्पण गरिसकेँ । फेरी पनि फेसबुके श्रद्घाञ्जली अर्पण गराएर तिमीलाई अझैं सस्तो बनाउन मन मानेन ।

मैले तिमीलाई साँच्चै जानी जानी फेसबुकमा नसम्झेको हो । किनकी अब चाहिँ मलाई ढाँट् न मन लागेन बा । तिमी बाँचुन्जेल तिम्रो थैलीको ठूलो भाग खान पाइने आशले कहिलै छोडेन । मैले ठुलो खेत मागेको थिएँ । त्यही खेत पाउने आसले तिमीलाई तीर्थ लान्छु पनि भनेको थिएँ । बेलाबखत तिमीलाई भेट्न केरा लिएर वृद्घाश्रम आएको थिएँ । तर तिमीले त कसैलाई केही भाग नलगाई गयौ । तिमीले त सबै जस्ताको तस्तै छोडेर गयौ । अहिले त म बेफुर्सदी भएको छु । न तिमीले छोडेको घर छाएको छु न तिमीले छोडेको खेत नै हेर्न जान पाएको छु ।

अब चाहिं तिमीलाई साँच्चिकै ढाँट्दिन बा । त्यसैले मैले फोटो खोजेर फेसबुकमा नहालेको । मलाई तिम्रो फोटो हेर्ने आँट नै छैन । तिमी महिनौं बिस्तरामा ढलेको सुनेर पनि तिमीलाई तातो पानी ख्वाउन आउने फुर्सद कहिल्यै भएन । तिमी बिरामी हुँदा उपचार खर्च कसले बेहोर्ने भन्ने बारेमा तिम्रा बुहारीहरूको मिटिंग बस्यो । हामीले सधैं झैँ सहोमति जनायौं। उपचार खर्च मल्दाईलाइ बेहोराउने निधो भयो । सायद बेरोजगार मल्दाईले समयमा अस्पतालमा पैसा बुझाउन सकेनन् । उपचार नपाउँदै तिम्रो प्राण गयो । अन्तिम पटक तिम्रो मुख हेर्न त मन थियो । कोभिडको समय थियो । आर्यघाट जान सकिएन । जानेहरु त मास्क लगाएर पनि गएका थिए । मेरो घरमा सल्लाह मिलेन ।

तिम्रो फोटो घरि घरि हेर्नु भनेको आत्मग्लानीले जल्नु हो । तिमी कसरी जल्यौ थाहा छैन तर जसरी जले पनि मरे पछि जल्यौ । तिम्रो फोटो हेरे पछि मलाई त जिउँंदै जलन हुन्छ । सायद तिमीले मलाई कहिलै घृणा गरेनौ । तिम्रो सन्तान हुनुको नाताले मैले त्यसैलाई माया सम्झेको छु । मलाई ढाट्नु छैन बा मलाई थाहा छ मेरो मरण तिम्रो भन्दा सुखद हुने छैन ।

०००
अल्वानी, क्यालिफोर्निया ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
फेरिँदै जानु भा छ रिटायर बा

फेरिँदै जानु भा छ...

नारायण भट्टराई
यस्तै छ हजुर यहाँको चलन

यस्तै छ हजुर यहाँको...

नारायण भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

नारायण भट्टराई
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई