साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्छ तीजले !

कस्को नाउँ लिने हो र कल्लेकल्ले गिजले हिजो जस्तो छैन आज भन्छ तीजले

Nepal Telecom ad

बूँद राना :

तीजको खाजा मीठो बर्गर र पिज्जाले !
आलुतामा जाती मान्न छाडे हाम्रा गिजाले !

ब्याङ्केटको रमाइलो चौपारीमा हुँदैन
आँधीपानी झँटेलोले छुँदै छुँदैन !

अ‍ैले नयाँ जमानामा नौलो काम गरिन्छ
पाखे बनी अब किन पछि परिन्छ ?

हाम्लाई भने दर खान यौटा दिन तोकेका
आफू भने होटेलमा दिनहुँ धोकेका !

पुृरुषको यो ज्यादती अब कत्ति सहिन्न
पाएसम्म हसुर्ने हो भोकै रहिन्न !

कैलाशकी पार्वतीका हामी चेली सखीले
आफ्ना कुरा यत्ति मात्रै पोख्यौं अहिले !

कस्को नाउँ लिने हो र कल्लेकल्ले गिजले
हिजो जस्तो छैन आज भन्छ तीजले !

०००
भैरहवा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x