
भन्छ तीजले !
कस्को नाउँ लिने हो र कल्लेकल्ले गिजले हिजो जस्तो छैन आज भन्छ तीजले

बूँद राना :
तीजको खाजा मीठो बर्गर र पिज्जाले !
आलुतामा जाती मान्न छाडे हाम्रा गिजाले !
ब्याङ्केटको रमाइलो चौपारीमा हुँदैन
आँधीपानी झँटेलोले छुँदै छुँदैन !
अैले नयाँ जमानामा नौलो काम गरिन्छ
पाखे बनी अब किन पछि परिन्छ ?
हाम्लाई भने दर खान यौटा दिन तोकेका
आफू भने होटेलमा दिनहुँ धोकेका !
पुृरुषको यो ज्यादती अब कत्ति सहिन्न
पाएसम्म हसुर्ने हो भोकै रहिन्न !
कैलाशकी पार्वतीका हामी चेली सखीले
आफ्ना कुरा यत्ति मात्रै पोख्यौं अहिले !
कस्को नाउँ लिने हो र कल्लेकल्ले गिजले
हिजो जस्तो छैन आज भन्छ तीजले !
०००
भैरहवा ।