साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता बाउलाई छोराको अर्ती !

बुझ बाउ, समय छँदै देश सक्नु पर्छ एक्लै नसके मिलेर सक्नुपर्छ ! स्वदेशी, विदेशी लगाएर देशमाथि धावा बोल्नु पर्छ मौकामा आफ्नै भकारी भर्नुपर्छ !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

प्रणाम बाउ !
आरामीको कामना !

यता विदेशतिर ठिकै छ बाउ !
हुण्डीको कारोबार चलेकै छ !
बाउले जम्मा गरेको कालो धन
बिना रोकटोक आई पुगेको छ !

बाउतिरको खबर के छ ?
राजनीतिको व्यापार चलेकै होला ?
देश लुट्ने मेसो छँदैछ !
मोज गर !

खाट्टी कुरा नि बाउ !
हामी छोराछोरी,नातिनातिना,
सबै विदेशबासी भएपछि,
नेपालमा विकास कसको लागि गर्ने ?
शिक्षा, स्वास्थ्यमा सरकारी लगानी किन गर्ने ?

बरु
मौकामा चौका हान्नु पर्छ बाउ,
विकास बेचेर धन कमाउनु पर्छ
सुन, नुनको तस्करी गरेर पैसा सोह्र्नु पर्छ!
नेपालीलाई शरणार्थी बनाएर भकारी भर्नु पर्छ !

तर पनि नि बाउ !
जनहितका कुरा गर्न नछोडनु,
जनताको आँखामा छारो हाल्नु
राष्ट्रियताको चर्को कुरा गर्नु
विकास र समृद्धिको सपना बाढ्नु
जनता झुक्याउनु पर्छ,
माथिल्लो पद पड्काउनु पर्छ !

बाउ !
डराउनु कत्ति पर्दैन,
लाज सरम मान्नु पर्दैन
नेपालका नेताको काम नै
मौकामा सोहर्ने हो
देशलाई कङ्गाल बनाउने हो
देशको वाल मतलव
सात पुस्ताको भविष्य सपार्ने हो !

माने बाउ !
भ्रमको खेती गर्ने
तिम्रो खुबीको जय होस् !
क्रान्ति, परिवर्तनको नाउमा
जनतालाई राम्रै झुक्यायौ !
देशको राष्ट्रियतलाई दोबाटोमा घिसार्यौ
सत्ताको सिँडी उक्लियौ!
नेपाल विकासको कुरा गरेर
भकारी भर्यौ !

बाउ!
धन्नामान्नु पर्दैन
तिमी नेतालाई
नेपालका अड्डा अदालतले केहि न्याप्दैनन्
संविधान र कानूनका ठेकेदार
तिम्रै सहगोत्री हुन्
लोकतन्त्र गणतन्त्र पनि
तिम्रै मुठ्ठीको माखा हुन् !

बरु, बाउ !
पाउर छँदै ध्यान देउ,
स्वीस बैकमा पैसा लुकाउ
हुण्डीमा पैसा विदेश पठाउ
अब नेपालको काम छैन
युरोप, अमेरिकाका शहरहरुमा घर ठड्याउँ
मौका मै कालो सम्पत्तिलाई सेतो बनाउनु पर्छ
देश कङ्गाल बने बनोस्,
मोज गर्नु पर्छ !

प्रिय नेता बाउ !
पाखेहरु बस्ने
देशको चिन्ता नगर
देश बनाउने होइन,
लुट्ने हो !
जनतालाई बेवकुफ बनाएर,
टाउकोमा गीर खेल्ने हो !

बुझ बाउ,
समय छँदै देश सक्नु पर्छ
एक्लै नसके मिलेर सक्नुपर्छ !
स्वदेशी, विदेशी लगाएर देशमाथि
धावा बोल्नु पर्छ
मौकामा आफ्नै भकारी भर्नुपर्छ !

बाउ,
अहिलेलाई यति नै
नेता बाउको जय होस् !

उहि नेता बाउको छोरो

०००
गोरखा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x