साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेक्सुयल ह्यारसमेन्ट

म झसङ्ग भएँ र झल्याँस्स बिउझैँ पनि । मेरो शरीर लुगलुग काँपिरहेको रहेछ । मोबाइल खोजेँ । सोच्दैछु अब धेरैसँग अनफ्रेन्ड हुनुपर्‍यो तर अनफ्रेन्ड हुनुसँग समातिनु पर्ने कुनै अपराध पो छ कि म सोधखोजकै क्रममा छु ।

Nepal Telecom ad

विहान उठेर हातमुख धुँदै के थिएँ पाँचजना प्रहरी आइपुगे । सोचेँ यी कतै जाने बाटो सोध्न आएका होलान् । तर मेरो सोचले पूर्णविराम नपाउँदै नेल निकालेर भने हिँड्नुहोस् प्रहरीचौकीतिर । इन्सपेक्टर साहेब ! म किन जाने चौकीमा भन्नुस् त ?

गर्ने बेलामा मनपरी गर्ने अहिले किन जाने भन्ने ?  अपराध गर्नुभएको छ, तपाइँमाथि उजुरी छ । इन्सपेक्टर च्याँठ्ठिए ।

तपाइँमाथि सेक्सुयल ह्यारसमेन्ट गरेको आरोप छ । इन्सपेक्टरले भने ।

सेक्सुयल ह्यारसमेन्ट ? कसको ?  किन गर्ने मैले त्यस्तो ?

एकजना होइन पाँच पाँचजनाको उजुरी छ । इन्पेक्टरले तस्विर देखाए । मैले त बुझ्ने सकिनँ । ती तस्विरमा देखिएका महिलासँग कहीँकतै भेटेजस्तो लागेन । प्रहरीको आदेश जानै पर्‍यो । मेरी पत्नी चिच्याई ‘ए अरूसँग पो पल्केका छौ, त्यही भएर रातिराति आउँदा रहेछौ । कविता गाउने ? गजल गाउने ? शनिवारका दिन पनि कार्यक्रममा जाने ? यो सबै बहाना पो रहेछ । खै खै इन्सपेक्टर साहेब ती कस्ता कस्ता बाइफाले रहेछन् हेरूँ ?’  पत्नी इन्सपेक्टरको हातको मोबाइल हेर्न आइपुगिन् । इन्पेक्टर डराएर थुरथुर काँप्न थाले । मोबाइल भुइँमा झर्‍यो । काँपिरहेका इन्सपेक्टरलाई नजिकै रहेका असइले समाते ।

‘इन्सपेक्टर साहेब किन काँप्नुभएको ? म जस्तो निरपराधलाई समात्नु परेर हो ?’ मैले सोधेँ ।

‘हैन, हेर्नुस् न तपाइँकी जहान मेरो हातै समात्न आइपुग्नुभयो । मेरो मोबाइल खोस्न खोज्नुभएको हो कि भनेर उहाँको हात मैले पनि तानेँ । अब इन्सपेक्टरले सेक्सुयल ह्यारसमेन्ट गर्‍यो भनेर उजुरी हाल्नुभयो भने त मेरो जागिरै चट् भएन र ?’

‘यस्तो पनि हुन्छ र हजुर ?’ मेरी पत्नीले सोधिन् ।

‘यहाँ नहुने भन्ने केही छैन । ए केटा हो तिमीहरूले अघि उहाँले मोबाइल तान्दा फोटो त खिचेका छैनौ ?’

‘श्यामेले खिचेको छ सर ।’

‘किन खिचेको त ?’

‘भोलिपर्सि हजुरले ज्यादा पेल्नुभयो भने ठीक पार्न रे सर ।’ जवानले उत्तर दिए । ती सवाल जवाफका बीच मलाई चौकीतिर लगे । चौकी पुगेपछि थाहा भयो मैले कसरी सेक्सुयल ह्यारसमेन्ट गरेँ भनेर । आरोप नं १ पाँचजना लेखक महिलाको प्रोफाइल तस्विरमा लाइक गरेर मनोभावसँग खेल्ने गरेको  । आरोप नं २: एकजना महिलाको अपडेट भएको तस्विरमा सुन्दर तस्विर हजुर भनेर कमेन्ट गरी मनोवैज्ञानिक तवरले अश्लिल हर्कत गरेको । आरोप नं ३:  एक साता अघि सुनाएको कवितामा सरितामा डुबेँ भन्ने शव्द परेको र त्यो शव्दले सभामा उपस्थित सरितादेवीको आत्मसम्मानमा चोट पुगेको । म ती आरोप सुनेर प्रतिक्रियाविहीन भएँ ।

मेरै छेउमा अर्का मैजस्ता आरोपित युवक थिए । मैले उनको आरोप पनि सुनेँ । आरोप नं १: सार्वजनिक बसमा यात्रा गर्दा उनी बसिरहेको छेउमा एकजना अर्धवयस्क महिला आउनुभयो । उहाँलाई आमा हजुर बस्नुस् न भनेर सिट छोडेछन् उनले । आफू यौवन अवस्थाकीलाई आमा भनेर जेन्डर ह्यारेसमेन्ट गरेको आरोप रहेछ उनमा ।

तेस्रा युवक भेटिए मै जस्तो अपराधी करार भएका । एक युवतीले उजुरी दिएकी रहिछन् । साँझ सातबजे चक्रपथबाट उनलाई युवकले मोटरसाइकलमा चढाएर कलङ्कीसम्म पुर्‍याएर सेक्सुयल ह्यारसमेन्ट गरेको रे । विचरो युवकले प्रतिवाद गर्दै भन्यो ‘हैन हजुर मेरो भाइ विरामी छ मनमोहन अस्पतालमा । मलाई चाँडो जानु छ भनेर बाइकमा लिफ्ट मागेपछि चढाएको हुँ ।’

इन्सपेक्टरले चर्को स्वरमा भने ‘तेरो कुरा पत्याउन तँ  ती महिला होस् ? ‘

चौथो अधवैँसे पनि अपराधीका रूपमा गिरफ्तार भएका रहेछन् । हैन मेरो पनि काका जस्ता मानिसले के गरेको आरोप छ त ?  मेरो ध्यान त्यतातिर खिचियो । प्रहरी असइले भने ‘तपाईं अस्ति वनभोज जानुभएको हो  ?’

‘हो हजुर’

‘ नाच्नुभएको हो ?’

‘ हो हजुर’

‘महिलाको हात समाउनुभएको हो ?’

‘ खै हजुर ? मैले त जानी जानी हात समाएको याद छैन । ‘

‘यो के हो त ? ‘ इन्सपेक्टरले फोटो देखाउँदै सोधे । मैले पनि हेरेँ । वास्तवमा नाच्दा उनले एकजना महिलाको हातसँग हात छुवाएका रहेछन् ।

‘हजुर नाच्दा त यसो छोइजाइन्छ नि । मैले जानी जानी होइन यो त नाचको आइटम न हो । ‘

‘चुप्, महिलासँग नाच्ने ? त्यो पनि अरिले काँडेले भन्ने भाकामा हो कि क्या हो ? ‘ इन्सपेक्टर चिच्याए ।

‘होइन हजुर धान गोड्ने बेला भो भन्ने गीतमा हो ।’

‘ए गोडिस् बूढा धान् अब ।’ इन्पेक्टरले उनलाई धकेल्दै भने । महिला प्रहरी आएर इन्सपेक्टरको छेउमा उभिए । इन्सपेक्टर बेसरी चिच्याए ‘मैले तिमीहरूलाई मेरो छेउमा नआओ भनेर कति भनिसकेँ । किन नटेरेका ? केटा हो क्यामरा अफ ।’

‘क्यामरा अफ भएर के गर्ने सर । सिसिटिभि अन छ ।’ एक जवानले भने ।

‘यो के हुँदैछ ?’ इन्सपेक्टर आची नै निस्कने गरी कराए । म झसङ्ग भएँ र झल्याँस्स बिउझैँ पनि । मेरो शरीर लुगलुग काँपिरहेको रहेछ । मोबाइल खोजेँ । सोच्दैछु अब धेरैसँग अनफ्रेन्ड हुनुपर्‍यो तर अनफ्रेन्ड हुनुसँग समातिनु पर्ने कुनै अपराध पो छ कि म सोधखोजकै क्रममा छु ।

अस्तु ।

०००

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x