साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो देशमाथि किन पर्छ सधैँ सराप

कोशी र गण्डक सके अघिनै लुछेर सुस्ता रुँदै छ अझसम्म कठै दुखेर सीमा सधैँ दुखिरह्यो छ अझै विलाप यो देशमाथि किन पर्छ सधैँ सराप ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

खाए लुछेर सबले यस भूमिलाई
कुत्ता हुँडार जसरी छ यहाँ लुछाइ
नेता मिलेर अति हाल्न पुगे धराप
यो देशमाथि किन पर्छ सधैँ सराप ।१

ती भीम मल्ल अनि भीम सपूत छोरा
काजी थिए अमर सिंह परेर होरा
जो देश भक्त उसमाथि खनिन्छ राप
यो देशमाथि किन पर्छ सधैँ सराप ।२

सौ चार वर्ष गुमराह गरेर राखे
आफन्तमात्र अधिकार खिचेर पोसे
हामी सबै जन मिलेर भयौँ खिलाप
यो देशमाथि किन पर्छ सधैँ सराप ।३

सत्ता र देश यिनकै परिवार मात्र
गर्थे रजाइँ सबमा खल पात्र साथ
होस् शान्त देश बहुतै गरियो प्रयास
यो देशमाथि किन पर्छ सधैँ सराप ।४

कोशी र गण्डक सके अघिनै लुछेर
सुस्ता रुँदै छ अझसम्म कठै दुखेर
सीमा सधैँ दुखिरह्यो छ अझै विलाप
यो देशमाथि किन पर्छ सधैँ सराप ।५

अग्ला हिमाल चुचुरा अनि फाँट बेंसी
हामी मिलेर बसियो सदभाव राखी
फाटो गरेर जनताबिच भो खिलाफ
यो देशमाथि किन पर्छ सधैँ सराप ।६

०००
चितवन, हाल नेपालगञ्ज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x