साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रा

पहिरोले पुरिएका छिमेकीको उद्धार गर्न हिँडेका श्रीधरले धैर्य भएर भने “गुरु ! नेताले तीन सय चौसट्ठी दिन गाईजात्रा देखाउने हो । हामीले एकदिन त हो नि ।”

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

“यस्तो गति लिएर कता हिँड्यौ श्रीधर !”

“किन र गुरु ! मेरो के गति देख्नुभयो त्यस्तो ?”

“कुनै समस्या आइपर्‍यो कि ?”

“सबै तिर समस्यै समस्या छ नि ! देखि दिने कोही छैन ।”

“तिमीलाई के समस्या पर्‍यो ?”

“बालाई अस्पतालमा पुर्‍याउन सकिएन । छोरो बेरोजगार भएर घरमा लडिरहेछ । छोरीलाई दाइजो दिएनन् भनेर एसिड खन्याए । अरू पनि समस्या सुन्नुहुन्छ ?”

“ए अनि के भयो त ?”

“नातिनी तुइनबाट झरी । किरा लागेर बाली नष्ट भयो । चाडबाड मुखैमा आयो । महँगीले आकाश छोएको छ । के भयो भन्नु ? अझ भनौँ ? हिजो हिमताल फुटेर बस्तीनै हरायो ।”

“तिम्रो चैँ समस्या के हो ? भनेको ।

“तपाईंलाई के गुरु भन्नु यी तमाम समस्या तपाईंका, मेरा र हामी सबैका होइनन् ?”

श्रीधरको विरूप अनुहार, झुत्रे लुगा अस्वाभाविक गतिविधि देखेर गुरुले पुनः प्रश्न गरे “हन यो के गाईजात्रा देखाएको ?”

पहिरोले पुरिएका छिमेकीको उद्धार गर्न हिँडेका श्रीधरले धैर्य भएर भने “गुरु ! नेताले तीन सय चौसट्ठी दिन गाईजात्रा देखाउने हो । हामीले एकदिन त हो नि ।”

०००
इटहरी, सुनसरी
२०८१/०५/०२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x