सुशील रिजालहाम्रा साँढे
आफैँ जुध्दै बाच्छा मिच्तैछन् जम्मै नासी खाई खोक्तैछन् । त्यस्ता साँढे सारा खेद्ने हो हाम्रो खेती रक्षा गर्ने हो खेतीवाला हामी सारा हौँ हामी भन्छौँ पापीमारा हौ ॥

सुशील रिजाल :
हाम्रा साँढे धेरै छाडा छन्
खेती खाई बस्ती मारा छन्
मौका पाए आफैँ उर्लिन्छन्
घोक्रो फुट्ने जस्तै कुर्लिन्छन् ।
झालेमाले कोही काला छन्
आफैँ राम्रो भन्ने ठान्दै छन्
सानालाई गन्दै गन्दैनन्
रोक्ने छेक्ने देख्तै देख्तैनन् ।
बाँधौँ भन्ने छैनन् नाकामा
गर्जेका छन् आफ्नै भाकामा
खाने बेला जम्मै मिल्ने हुन्
बाँकी देखे मिल्दै निल्ने हुन् ।
बालिनाली स्वाहा पार्दैछन्
नाङ्गै बन्दै मस्ती गर्दैछन्
फैलाएछन् आफ्नै साम्राज्य
पापी मारा ठान्छन् आराध्य ।
अर्कालाई चिन्दै चिन्दैनन्
आफ्ना च्याप्छन् च्याप्यौँ भन्दैनन्
आफैँ जुध्दै बाच्छा मिच्तैछन्
जम्मै नासी खाई खोक्तैछन् ।
त्यस्ता साँढे सारा खेद्ने हो
हाम्रो खेती रक्षा गर्ने हो
खेतीवाला हामी सारा हौँ
हामी भन्छौँ पापीमारा हौ ॥
०००
काठमाडौं








































समसामहिक यथार्थमा आधारित कविता साह्रै राम्रो छ।