साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा साँढे

आफैँ जुध्दै बाच्छा मिच्तैछन् जम्मै नासी खाई खोक्तैछन् । त्यस्ता साँढे सारा खेद्ने हो हाम्रो खेती रक्षा गर्ने हो खेतीवाला हामी सारा हौँ हामी भन्छौँ पापीमारा हौ ॥

Nepal Telecom ad

सुशील रिजाल :

हाम्रा साँढे धेरै छाडा छन्
खेती खाई बस्ती मारा छन्
मौका पाए आफैँ उर्लिन्छन्
घोक्रो फुट्ने जस्तै कुर्लिन्छन् ।

झालेमाले कोही काला छन्
आफैँ राम्रो भन्ने ठान्दै छन्
सानालाई गन्दै गन्दैनन्
रोक्ने छेक्ने देख्तै देख्तैनन् ।

बाँधौँ भन्ने छैनन् नाकामा
गर्जेका छन् आफ्नै भाकामा
खाने बेला जम्मै मिल्ने हुन्
बाँकी देखे मिल्दै निल्ने हुन् ।

बालिनाली स्वाहा पार्दैछन्
नाङ्गै बन्दै मस्ती गर्दैछन्
फैलाएछन् आफ्नै साम्राज्य
पापी मारा ठान्छन् आराध्य ।

अर्कालाई चिन्दै चिन्दैनन्
आफ्ना च्याप्छन् च्याप्यौँ भन्दैनन्
आफैँ जुध्दै बाच्छा मिच्तैछन्
जम्मै नासी खाई खोक्तैछन् ।

त्यस्ता साँढे सारा खेद्ने हो
हाम्रो खेती रक्षा गर्ने हो
खेतीवाला हामी सारा हौँ
हामी भन्छौँ पापीमारा हौ ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Khila Tumbahangphe
Khila Tumbahangphe
2 years ago

समसामहिक यथार्थमा आधारित कविता साह्रै राम्रो छ।

Nepal Telecom ad
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x