साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जे जे खेल देखियो

बिरोध गर्यो नभनुँ देखे जति लेखिन्छ ठुलाठुला मिलिन्छ साना तिना पिसिन्छ हैँसे भन भाइ हो चौरासीमा जितिन्छ फटाह र झोलेको यस्तै कुरा सुनिन्छ ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

जहाँ झाेलेहरूको सरकार छ
त्यहाँको जनता बेरोजगार छ
जहाँ न्याय किन्ने बजार छ
त्यहाँ मान्छेहरूको व्यापार छ

जहाँ गुन्डाहरूको सरकार छ
त्याहा झोला भित्र अख्तियार छ
जहाँ उद्योग कारखाना बेचिन्छ
त्याहाका जनता खाडितर्फ देखिन्छ

बिरोध गर्यो नभन्नु जे देख्यो त्यो लेखिन्छ
युद्व गर्ने भनिन्छ सुरुङ्ग सम्म खनिन्छ
भेटेपछी प्रत्यक्ष पाउपरी ढोगिन्छ
नदी नाला बेचिन्छ चुच्चे नक्सा कोरिन्छ

राष्टवादी बनिन्छ नाकाबन्दी गरिन्छ
कैले टाउको गिडिन्छ पुरस्कार दिइन्छ
कैले घाँटी जोडिन्छ कैले नाता तोडिन्छ
यस्तै तिम्रो खेल छ बितन्डामा मेल छ

बिरोध गर्यो नभनुँ देखे जति लेखिन्छ
ठुलाठुला मिलिन्छ साना तिना पिसिन्छ
हैँसे भन भाइ हो चौरासीमा जितिन्छ
फटाह र झोलेको यस्तै कुरा सुनिन्छ

एक्ला एक्लै हुदा त निर्मल निवास बेचियो
बासबारी बेचियो, गिरिबन्धु फेरियो
पर्ती सबै सकियो पोथीसम्म घिचियो
अब भाले खाने हो काले काले मिलियो

नजराजलाई जसरी मुद्दा माम्लो नगर्नु
भएको नै लेखियो जे जे खेल देखियो
भएकै कुरा लेखियो ।

०००
टीकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x