साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पञ्चायत !

हो, यही हो अप्सराहरूको चमक धमक, नखरा र नजाकत, पञ्चायत ! वसन्त बहार, रूप र जवानीको सत्रारम्भ र जय नेपालको न्यानो लाल सलाम, ४७ मा, त्यसपछि पतझड !

Nepal Telecom ad

धनराज गिरी :

कलेजमा सबैको ध्यान म्याडम मधुबालातिर, नाम त अर्कै हो,तर सबैले उनलाई “मधुबाला” भन्ने, किन कि उनी पुरुष महीमा पराकम्पन ल्याउन सक्ने सौन्दर्य सामग्रीको मालिक्नी हुन् नै। पाका नेपाली गुरु सज्जननाथ लौडारीले राख्नुभएको नाम। उनी नआएको दिन भवनाथ तिवारी सर उदास रहने, नेत्रपानले तृप्त हुने उनी, विडम्बना, उनको मुहारको भूगोल दाउन्नेको राजमार्गजस्तो, उनी कहिल्यै ऐना हेर्दैनन् ।

“कुरूपको एक खास गुण हुन्छ, ऊ नै चारु देखेपछि भारु लिएर पछि लाग्छ।” रघुनाथ आत्रेय गुरुको अनुभव। कलेज, नलेजभन्दा बढी कि “जय नेपाल” कि लाल सलाम, कि दामिनी- कामिनी सौन्दर्य मीमांसा, कि घडेरी, कि विदेश छोराछोरी पठाएको दम्भ, कि प्रमोसन, मूल कुरा, प्राज्ञ हुनुको गरिमा र पढाइको स्तरोन्नतिको बारेमा कहिल्यै बहस भएन। यहाँ मात्र होइन, केन्द्रमा पनि, मुलुकभरि नै।

यतिखेर, मधुबालाले भाउ नदिएकी सात असन्तुष्टहरू,”क्या अहङ्कारी!” एक। “हो त, सारै दम्भी ! “दोस्रो।” “हाम्रो पनि मन छ नि !” तेस्रो। “फेसबुकमा पनि साथी हुन्न यार !” चौथो। “हाम्रो भित्तो त नर्क उसको लागि।” अन्तमा, अलि पाको पात्र,”साथी हो, रूपोष्मा, अर्थोष्मा, ज्ञानोष्मा, पदोष्मा, राम्रो म, उच्च्ताभास, लघुताभास, अवसाद, उन्माद,यी नौ कोरानाले जसलाई पनि छुन्छ। जोसित जे छ, त्यसको घमण्ड हुन्छ, हुन्छ। देखाउने नदेखाउने व्यक्तिको कुरा हो। त्यो अघोरी विद्यावारिधि गरेर आएपछि हामीसित बोल्न छोड्यो । डा. भनेर सम्बोधन गर्नुपर्ने अरे। कुरा बुझ, मधुबाला पनि पञ्चायत हुन् पञ्चायत ! मात्र पञ्चायत !”

“गुरुदेव, यो पञ्चायत विम्ब यहाँनेर कसरी उपयुक्त भयो ? व्याख्यात्मक टिप्पणी चाहियो, मने, हामीलाई कन्फ्युज भयो। यो त प्रचण्ड रहस्य भयो गुरुदेव ! उखान मिसाएर भए पनि बुझाउनपर्यो ।” एक युवक, भर्खर करारमा नियुक्त।

“पञ्चायत कहिले शुभारम्भ भएर कहिले इतिश्री भयो ?” उनै पाका, उल्टो प्रश्न।
“सत्रमा आरम्भ, ४७ नलाग्दै पूर्णविराम !!” उही युवक। “हो, यही हो अप्सराहरूको चमक धमक, नखरा र नजाकत, पञ्चायत ! वसन्त बहार, रूप र जवानीको सत्रारम्भ र जय नेपालको न्यानो लाल सलाम, ४७ मा, त्यसपछि पतझड ! वसन्तले शबाबले राजीनामा दिन्छ, अनि वाग्लेको ढिकी, अनि अतीत सम्झिएर साहित्य लेख्ने ! पागल मजनूहरू सम्झिएर। पञ्चायत !” पाका।
“हजुरको दिमागलाई मान्नुपर्छ गुरूदेव !” दीपक गौतम। “सबैले मानेको कुरालाई तिमीले पनि मान्न हुन्छ। घाटा छैन। म रिसाउन्न ! “पाका।

“हजुरको सेन्स अफ ह्यूमर त हाम्रो क्याम्पसप्रमुखको मामाश्री सुमेधाश्रीको जस्तै ! क्या बेजोड !” अशोक आचार्य । “को सुमेधाश्री ? म चिन्दिन।” पाका।
“पञ्चायत !” इमानदार असाहित्यकार, शिवनन्दन।

०००
चितवन, हाल – क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नियति

नियति

किशन पाैडेल
0
Would love your thoughts, please comment.x
()
x