साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

सहचालकः क्याप लगाउन छाडेर ढाकाटोपी लाउनुस्, जिन पाइन्टको सट्टा सुरुवाल वा पाइजामा लाउनुस् ! सत्तरी वर्षमा पनि हिरो बन्नुपर्छ, छुट रे !

Nepal Telecom ad

अमर अधिकारी :

(अजर र अमरको संवाद)
अजरः अमरजी, तपाईँले फेसबुकमा केहि पनि नलेख्नुस्।
अमरः मेरो स्वतन्त्रता हो। किन नलेख्ने ?
अजरः तपाईँले कुनै कुनै कुरा फेसबुकमा राखेपछि गाउँमा मान्छेहरु भकुराभकुर गर्दा रहेछन्। रडाको मच्चिदोरहेछ। के शक्ति छ तपाईँको शैलीमा ?
-१-

(घरवालाको पानीको जार हराएपछि)
घरवालाः भर्खरै जार हरायो, कता गयो कता?
पाहुनाः जार हराउनु ठीकै त हो नि ! नत्र दुःख दिन्छन् जारले।
घरवालाः मान्छे जार भन्या हो र ? पानी राख्ने प्लास्टिकको नीलो भाँडो हरायो भन्या पो त।
-२-

(फलफूल पसलमा ग्राहक)
ग्राहकः साहुजी, कुन चाहिँ आँप मीठो हुन्छ होला ?
साहुः दशहरी लैजानुस्, मीठो हुन्छ।
ग्राहकः बीसहरी झन मीठो होला नि ! त्यो छैन ?
-३-

(उहिलेका कुरा)
वीरबलः तीतो सत्य कार्यक्रम किन बन्द भएछ, मैले त त्यो कार्यक्रम डेली हेर्थेँ।
बलवीरः हप्तामा एकपटक आउने कार्यक्रम कसरी डेली हेर्थ्यौ हो गफाडि ?
-४-

(सहचालक र जेष्ठनागरिकको चर्काचर्की)
जेष्ठनागरिकः खोई भाडा छुट? हामीलाई त्यसै ठग्ने !
सहचालकः क्याप लगाउन छाडेर ढाकाटोपी लाउनुस्, जिन पाइन्टको सट्टा सुरुवाल वा पाइजामा लाउनुस् ! सत्तरी वर्षमा पनि हिरो बन्नुपर्छ, छुट रे !
-५-

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x