साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातापिता प्रगतितर्फ निमग्न हुन्छन् 

जन्माउने सकस कर्म गरिन् मुमाले सङ्घर्षका कठिन ताप सहे बुवाले हुन् देवता जनक मातृ पुराण भन्छन् मातापिता प्रगतितर्फ निमग्न हुन्छन् ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

सन्तानका प्रगतिमा सब वृद्ध हाँस्छन्
माला बनाउन उनी कति फूल गाँस्छन्
राम्रो भविष्य अझ होस् सपनादि बुन्छन्
मातापिता प्रगतितर्फ निमग्न हुन्छन् ।।

मायाँ गरेर मुटुमा जहिले सजाए
सन्तान पाल्न निद भोक निकै खटाए
आदर्श सन्तति बनून् मनभित्र गुन्छन्
मातापिता प्रगतितर्फ निमग्न हुन्छन् ।।२

कर्तव्य हुन्छ जनको परिवार पाल्ने
मातापिता स्वजनका सपना सँगाल्ने
हाँसो खुसी दिनसके सुख शान्ति फुल्छन्
मातापिता प्रगतितर्फ निमग्न हुन्छन् ।।३

पर्दैन मन्दिर तथा व्रत तीर्थ जान
आमा बुवा असल देव भनेर मान
हुन् ईश खास शिर आसिकसाथ छुन्छन्
मातापिता प्रगतितर्फ निमग्न हुन्छन् ।।४

हाम्रो भलो अझ हवस् मनमा गुनेका
कष्टादि जो जति परे भुसुना चुनेका
देखे दुखी यदि भने मनभित्र रुन्छन्
मातापिता प्रगतितर्फ निमग्न हुन्छन् ।।५

जन्माउने सकस कर्म गरिन् मुमाले
सङ्घर्षका कठिन ताप सहे बुवाले
हुन् देवता जनक मातृ पुराण भन्छन्
मातापिता प्रगतितर्फ निमग्न हुन्छन् ।।६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x