साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथुरेलाई हजुरबाको सल्लाहा

बरु राष्टपति वा पर्धानमन्त्रीकै भए पनि झोला भिर्नू र उन्नति गर्नू । हेर् कथुरे यता गाउँमा बसेर तेरो भविष्य छैन । तँ ता अलिक पछि पर्ने खालको पो निस्किँने भइस् । कस्तो लन्ठु भइछस् । जा काठमाडौँ छिटो जा दायाँबायाँ नहेरी ।

Nepal Telecom ad
हाेम सुवेदी :
“जुँगाको रेखी बस्न लागिसकेछ ! लु अब यसलाई यता घरमा राखेर भएन ! यो जत्तिकाले काठमाडौँमा उधुम गरिसके । जा छिटो काठमाडौँ । उहाँ तँ भन्दा पनि भर्खरकाहरु ओठ निचोर्दा दूध निस्कनेले समेत उधुम मचाएर बडे बडे मन्त्री हुने ठाउँ पाइरहेका छन् अरे । तँ के हेरिबसेको ।” बाबैले अर्ती दिए नाति कथुरेलाई ।
“तैँले अब राजनीतिको खेती गर्नू र सके राष्टपति हुनू अझ प्रधानमन्त्री हुनू, त्यति हुन नसके पनि मन्त्रीसम्म हुनू । त्यसमा न घुन लाग्छ न पुत्ली लाग्छ । न पोगटा फल्ने डर न पानी नपरेर सुख्खा पर्ने डर न कर न घाटा । लु राजनीतिको बिउ छर् । न धेर पानी परेर फसलको नोक्सान हुने डर न राजस्व न कर । न बाढी न पैरो । यसरी यहाँ लन्ठ भएर बस्ने हैन तैँले । जा छिटो काठमाडौँ जुँगाका रेखी बस्न लागिसके । जा उतै । उतै गएर राजनीतिको खेतीपाती गर् र आफ्नो दुनो सोझ्याइहाल् । अहिले ता तेरो उमेरकाहरुको मन्त्री हुने पालो आइसक्यो अरे । सके ता राष्टपति नै हुनु अनि त्यो नसके पर्धानमन्त्री हुनु त्यो पनि चानस पाइनस र सकिनस् भने मन्त्रीसम्म हुनू । मनोनित भएर यो पातिकको सांसद भएर काम छैन है । ठुलो आमदानी छैन त्यसमा । बरु राष्टपति वा पर्धानमन्त्रीकै भए पनि झोला भिर्नू र उन्नति गर्नू । हेर् कथुरे यता गाउँमा बसेर तेरो भविष्य छैन । तँ ता अलिक पछि पर्ने खालको पो निस्किँने भइस् । कस्तो लन्ठु भइछस् । जा काठमाडौँ छिटो जा दायाँबायाँ नहेरी । म भाडा हाल्दिन्छु बरु । राजनीतिको खेती गरेर झोला भिरेर ठुलाका पछि लागेर खानेहरु तँसँगैका कता माथि पुगिसके अरे ।
उता गएपछि आफ्नो स्वार्थ सिद्धिका लागि नारा लाउनुपर्छ । हडताल गर्नुपर्छ । बेलुका साँझमा पुल्ठो बालेर आतङ्कित पार्नुपर्छ । यिनै आधारभूत कामहरु गरेर आफ्नो लक्ष्य पूरा गरेर लाभ लिनू । त्यतिबाट पनि भएन भने गाडी रोक्नू, चक्काजाम गर्नू, त्यति भएपछि काम फत्ते हुन्छ । अझ काम दिएन भने केही ठाउँमा आगो लगाउनू । अब ठुला दरबारहरु ता तेरा साथीहरुले डढाइहाले । तैँले यसो हेरेर मौका चानक पारेर आगो लगाउनू । त्यसो गरेर पनि पुगेन भने अपहरणको काममा लाग्नू । यो खेतीमा राम्रो लाभ हुन्छ । यति लाख वा करोड दे, हैन भने तेरो वंश स्वाहा पारिदिन्छु भन्नू । केही सिप लागेन भने बाँकी रहेका ठुलाठुला भवनमा आगो लगाउनेहरूको तँ जस्तै उरन्ठेउलाहरुलाई साथ लिनू र त्यही काममा निरन्तर लाग्नू । यो काम गरिस् भने विदेशीहरुले पनि पत्याउँछन् र डलर खन्याउँछन् । अनि ता कसैले पनि थाम्न नसक्ने रहेछ भनेर सत्ताको खेती नै हात पर्न सक्छ । यति गरेपछि जे चितायो त्यो पूरा हुन्छ । तँ मुला यत्तिकै के बसेको ? पढाइसढाइ कसले गरिरहोस् । आठ कलास पढेकाले देश चलाएका छन् भने तँ ता नौ पास गरिसकेको न होस् । लु जा गइहाल् भोलि नै…..” भनेर आज हजुरबाले कथुरेलाई बाढी लाइदिए ।
“हो र ?” भनेर कथुरेले सोधेकोमा झन् नेताका पछि मात्र लाग्न पाइस् भने तँलाई केटीहरुले पनि पत्याउँछन् र तेरो बिहे पनि रोज्जाका साथ हुन्छ भनिदिए । यसो जुँगाका रेखी बस्न लागेको हुँदा केटीको कुराले उसका मुखमा अलिकति र्‌याल चुहियो । घरमा आमाका साथ मलाई मन्त्रीका पछि लाग्न काठमाडौँ जानु छ, यो मुला भेडा बाख्रा चलाएर के गर्ने न तिम्रो सारी फेर्न सकियो न धाना भात खान पाइयो । बरु भाडा देऊ भोलि नै म पल्ला गाउँको ठेउकेका साथ काठमाडौँ जान्छु भनेर पिरोलेको छ बेलुकैदेखि आज कथुरेले ।
आमाले खन्डै गरेर सम्झाइन् अहँ केही सिप लागेन । राजनीतिको खेती नगरी म छाड्दिनँ भन्छ सँगैको चुहान कान्छो यहाँका कति मान्छेलाई थुपारेर भोट बटुली बटुली गएको थियो काठमाडौँ उता गएको केही दिनमै चानचुने हैन निकै नै माथिल्लो भइसको अरे भन्ने कुरा पनि कथुरेका कानमा छास्सछुस्स परेकाले कथुरेलाई आमाले थामिनसक्ने भइन् ।
बल्ल आमाले कथुरेको बस भाडा जम्मा गरेर दिएपछि कथुरे लागेको थियो राजधानीतिर अहिले कथुरेले राम्रै गरी भवनहरु डढाएछ क्यारे नेपालका टेलिभिजका च्यानलहरुले कथुरेको अन्तर्वार्ता लिने गरेका छन् । बाबै पनि आफ्नै नातिको उन्तति देखेर सन्तोषका साथ मर्न पाइने भो भनेर खुसी भएर कथुरेका कुरा सुन्छन् । खास कुरा ता बुझ्दैनन् तर नयाँ पाटी खोल्ने कुरा गरेको भने बाबैले स्पष्ट सुने । थोत्रा चप्पल लाएकाहरुले ता यत्तिको देश हाँके भने मेरो नातिले ता देश सजिलै हाँकिहाल्ला नि भनेर बाबै ढुक्क भएका छन् आजभोलि । आमा पनि छोरो कुन दिन गाडी कुदाएर आउला भनेर पर्खिरहेकी छिन् ।
०००
भद्रपुर, झापा
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x