साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँकी छ

व्यवस्था फेरियो धेरै अवस्था फेर्न बाँकी छ अवस्था रहिरहे यस्तै व्यवस्था फेर्न बाँकी छ ।

Nepal Telecom ad

व्यवस्था फेरियो धेरै अवस्था फेर्न बाँकी छ
अवस्था रहिरहे यस्तै व्यवस्था फेर्न बाँकी छ ।

घोषणा घोषणा गर्ने रहर कसकसको बाँकी छ ?
क्रान्तिमाथि थपी भ्रान्ति सहिद थप गर्न बाँकी छ ।

परिवर्तन ल्याए नेताले, नेतामा आउन बाँकी छ
परिवर्तन ल्याए जनताले जनतामा आउन बाँकी छ ।

रगत खुब बग्यो देशमा, पसिना बग्न बाँकी छ
अधिकार खोजे जो जसले, कर्तव्य खोज्न बाँकी छ ।

विद्यालयबाट उब्जेको सिर्जना फुल्न बाँकी छ
सपना बोकी हिँड्नेले यथार्थ भोग्न बाँकी छ।

व्यवस्था फेरियो धेरै अवस्था फेर्न बाँकी छ
अवस्था रहिरहे यस्तै व्यवस्था फेर्न बाँकी छ ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x