सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गाउँलाई मै स्वर्ग बनाउँछु

किन चाहियो अस्पताल ? को रोगी छ ? सबको औषधि मै गर्छु ! भोलि बिहान म उद्योग खोल्छु ! टाइममा आउनु ! हाजिर गर्छु !!

Nepal Telecom ad

गोरेटोलाई सडक बनाऊँ,
बिजुली ल्याउन तार तन्काऊँ
धाराको पाइप घरघर पुयाऊँ
नयाँ स्कुल कलेज बनाऊँ
अस्पताल यता बनाऊँ
दुई चार उद्योग पनि खुलाऊँ
उः त्यो चउरमा ब्याङ्क सजाऊँ
मन्दिर यहाँ ठूलो बनाऊँ
खेलमैदान पनि भव्य बनाऊँ
आउनुहोस्, गाउँलाई स्वर्ग बनाऊँ ।

तर, केके चाहिने कहाँबाट ल्याऊँ ?
कुन चैं पहिला कहाँ बनाऊँ ?
एक्लै सकिन्न कसलाई मिलाऊँ ?
कसको अघिपछि लागूं लगाऊँ ?
लेउलेउ माइली पूरै सिसी लेऊ ?
पहिले आफ्नो शक्ति जगाऊँ ।
अनि फेरि भन म केके बनाऊँ ?
गाउँलाई एक्लै स्वर्ग बनाऊँ ?

जब एक सिसी पूरै सकियो
गोरेटो जम्मै सडक बनिगो !
किन तार तान्नु झन्झट त्यत्रो ?
दिउँसै रात पनि झिलिमिली भो !
धाराको पाइप जताततै छ !
सोझै हिँड्न पनि कठिन भो !
बुद्धि ज्ञान सप्पै आयो !
अब स्कुल कलेजको के काम भो ?

किन चाहियो अस्पताल ? को रोगी छ ?
सबको औषधि मै गर्छु !
भोलि बिहान म उद्योग खोल्छु !
टाइममा आउनु ! हाजिर गर्छु !!
किन ब्याङ्क चाहियो ? मै ऋण दिउँला !
मन्दिर किन ? म देउतै बोलाउँछु
यी कान्लाकान्ली सम्मै पारी
हेरौला ! म गाउँमा हवाईजहाज ल्याउँछु
सब जँड्याहा फटाहा चोर बस्छन् गाउँमा
म एक्लै गाउँ स्वर्ग बनाउँछु !

बत्तिसपुतली, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
छन त छ

छन त छ

चट्याङ मास्टर
काठमाडौं पुराण

काठमाडौं पुराण

चट्याङ मास्टर