साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँलाई मै स्वर्ग बनाउँछु

किन चाहियो अस्पताल ? को रोगी छ ? सबको औषधि मै गर्छु ! भोलि बिहान म उद्योग खोल्छु ! टाइममा आउनु ! हाजिर गर्छु !!

Nepal Telecom ad

गोरेटोलाई सडक बनाऊँ,
बिजुली ल्याउन तार तन्काऊँ
धाराको पाइप घरघर पुयाऊँ
नयाँ स्कुल कलेज बनाऊँ
अस्पताल यता बनाऊँ
दुई चार उद्योग पनि खुलाऊँ
उः त्यो चउरमा ब्याङ्क सजाऊँ
मन्दिर यहाँ ठूलो बनाऊँ
खेलमैदान पनि भव्य बनाऊँ
आउनुहोस्, गाउँलाई स्वर्ग बनाऊँ ।

तर, केके चाहिने कहाँबाट ल्याऊँ ?
कुन चैं पहिला कहाँ बनाऊँ ?
एक्लै सकिन्न कसलाई मिलाऊँ ?
कसको अघिपछि लागूं लगाऊँ ?
लेउलेउ माइली पूरै सिसी लेऊ ?
पहिले आफ्नो शक्ति जगाऊँ ।
अनि फेरि भन म केके बनाऊँ ?
गाउँलाई एक्लै स्वर्ग बनाऊँ ?

जब एक सिसी पूरै सकियो
गोरेटो जम्मै सडक बनिगो !
किन तार तान्नु झन्झट त्यत्रो ?
दिउँसै रात पनि झिलिमिली भो !
धाराको पाइप जताततै छ !
सोझै हिँड्न पनि कठिन भो !
बुद्धि ज्ञान सप्पै आयो !
अब स्कुल कलेजको के काम भो ?

किन चाहियो अस्पताल ? को रोगी छ ?
सबको औषधि मै गर्छु !
भोलि बिहान म उद्योग खोल्छु !
टाइममा आउनु ! हाजिर गर्छु !!
किन ब्याङ्क चाहियो ? मै ऋण दिउँला !
मन्दिर किन ? म देउतै बोलाउँछु
यी कान्लाकान्ली सम्मै पारी
हेरौला ! म गाउँमा हवाईजहाज ल्याउँछु
सब जँड्याहा फटाहा चोर बस्छन् गाउँमा
म एक्लै गाउँ स्वर्ग बनाउँछु !

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x