साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होलसेल

‘हुन पनि कस्तो बुद्धु म ! उनीहरू होलसेल (Holsale) भन्दारहेछन् म होलसेल (whole sale) बुझ्दोरहेछु ।’

Nepal Telecom ad

आउनुस्, आउनुस् होलसेल ।
होलसेल, आउनुस् आउनुस् ।

नयाँ मर्दाना देखिनेबित्तिकै यसरी नै भट्ट्याइरहेछन् दुई युवती । मुख्य सहरबिचको ठूलो सडक । पैदलपेटीको दायाँबायाँ बसेर खितितित्त हाँँसेर कराइरहनुको रहस्य के होला ? भन्ने उत्सुकता जन्मन्छ प्रद्युम्नमा । उनीहरूका अघि भौतिक रूपमा देखिने कुनै मालवस्तु भए यसभित्र कुनै रहस्यको खोजी गर्नु पर्दैनथ्यो । तर, बिनामालवस्तु यसरी कराउनुको कारण के त ? अलमल्लमा पर्छन् उनी ।

पचास हाराहारीका प्रद्युम्नको चौथाई कपाल फुलेका छन् । जुँगाले पनि कपाललाई साथ दिएको छ । अलमल्लमा परेर कराउनेमध्येको एकातिर हेर्छन् । मुसुक्क मुस्काउँछिन् उनी । कराउनेमध्येको अर्कातिर हेर्छन् । उनी पनि उसै गरी मुसुक्क मुस्काउँछिन् । चौथो व्यक्ति त्यहाँ छैन । सरल सीधा स्वभावका प्रद्युम्न मज्जैले अलमलिन्छन् । काँधमा झुन्ड्याएको रित्तो झोला मिलाउँदै उनी दायाँबायाँ पालैपालो चियाउँछन् । तिनीहरू उनको हेराइमा अलिअलि लोभिएझैं गरी अझै मस्किन्छन् ।

केही अघि बढेपछि पछाडिबाट आउँदै गरेका एक युवाले प्रद्युम्नसँग अनुमति लिँदै सोधे – “के तिनीहरूले तपाईंका सामु पनि होलसेल भनेर कराए कि क्या हो ?”

केही अकमकिएर उनी भने – खितितित्स हाँसेर पटकपटक पालैपालो होलसेल भन्दै थिए । मैले कुरो बुझिन । नजाने गाउँको बाटो नसोध्नु भनेझैं मअघि बढेँ । सामान केही नभएका ठाउँमा केको होलसेल ! तिनीहरू कुनै ठगी पेसामा संलग्न व्यक्ति हुनुपर्छ भन्ने सोचेर म फटाफट अघि बढेँ । तिनीहरूसँग केही बोलिन ।

ती युवाले प्रद्युम्नलाई तिनीहरूको इतिवृत्त बताइदिए । त्यसरी कराउनुको रहस्य खोलिदिए । प्रद्युम्न मुसुमुसु हाँस्दै आफ्नाे बाटो अघि बढे । त्यति कुरा पनि बुझ्न नसकेकोमा बाटोभरि उनी पटकपटक एक्लै हाँसिरहे र आपूmलाई मूर्ख साबित गर्दै भने – ‘हुन पनि कस्तो बुद्धु म ! उनीहरू होलसेल (Holsale) भन्दारहेछन् म होलसेल (whole sale) बुझ्दोरहेछु ।’

काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x